मुना मदन भाग १

 

मुना मदन- भाग १-बिस्तारको कथा


(रामधुनी नाम गरेको नेपालको एक बिकट गाउमा मुना  मक्करे अनि मदन तिन जना केटा अनि अन्य केटा र केटि बस्दथे | सबैको आफ्नो आफ्नो धुन हुन्छ | उनीहरु पनि आफ्नो आफ्नो छेत्रमा अत्येन्त जान्ने थिए | उनीहरुको उमेर एक बिद्यालय जाने केटा केटि जस्तै थियो | मुना अति चंचलता स्वोभाव कि थि | मदन सान्त अनि मक्करे अलि बदमास स्वोभावको थियो | मदन चित्र बनाउनमा खुंखार थियो, मक्करे खेलमा अनि )

                                 सेन १

(बिद्यालय जादै गरेका दुइ जना केटा बीच कुराकानी  चल्छ | उनीहरु आफ्नो निजी कुरा गर्दै थिए | घर भने तल समथर छेत्रमा थियो तर बिद्यालय जान धेरै उकालो चड्न पर्थ्यो | लगभग एउटा डाडा काटेपछि आउछ | त्यति मात्र हैन त्या जान ट्विनको प्रयोग गर्न पर्छ | )

                            कहानीको बिस्तारमा

(ति दुइ जना केटा अरु कोइ नभएर मदन अनि प्रदिप हुन्छन् | उनीहरु त्यै विद्यालय जान १० मिनट हुदा गफ गर्न तिर लाग्छन् | १ घण्टा को हिनाइले एकदम गलेको हुन्छन् | स्वा स्वा गर्दै यात्रा अगाडी बडाउछन् | )

मदन:( स्वा स्वा गर्दै पसिना पुस्दै ) प्रदिप प्रदिप सुनन कति थाकी सक्यो | कस्तो उकालो छ | गार्हो भाको छैन | मलाई त गार्हो भैसक्यो भन्या |

प्रदिप: ( लामो सास लिदै सुस्केरा हान्दै ) हो त यार सधै येसरी न हिड्न पर्छ | हाम्रो गाउको छेउमा स्कूल भएको भए कस्तो हुन्थ्यो होला है |

मदन: (निरास रुप लिदै ) हो त हाम्रै गाउमा यो बिद्यालय भाको भए कस्तो हुन्थ्यो तर के गर्ने दुखीको पिडा कसले सुन्छ र जो पिडामा छ त्यै घोचिनु पर्छ | येही मान्छेको रीत रहेछ |

प्रदिप : (हास्दै) तिमिले सहि कुरा भन्यौ | साची हाम्रो बिद्यालय घर नेर भएको भए कस्तो हुन्थ्यो |

मदन : (लामो सुस्केरा हाल्दै) हो यार | म त गलि सके बरु कतै बसम हुन्न समय छ धेरै छैन १५ मिनट छ ५ मिनट बसम अनि १० मिनटमा पुगिहाल्छ नि |

प्रदिप: हो हो त्यसै गरम | एई नेर बसम न हुन्न र | केहि गफ पनि गरम हुन्छ |

मदन : अहह भै हाल्छ नि

प्रदिप : भन अब के भन्छौ |

मदन: (औला दातले तोके जस्तो गर्दै अनि लजालु पाराले हेर्दै ) कसरि भन्नु मलाई लाज लगिराको छ | आजकल के के कुरा मनमा खेल्छ था पाउन सकेको छैन | सपना पनि कस्तो कस्तो आउंछ | झन् उसको अगाडी बस्यो भने दिल धड्केर हैरान हुन्छ | के भयो मलाई भनन ?

प्रदिप : (जोड जोड ले हास्दै ) केटो मायामा परेछ जस्तो लाग्यो | पागल त भएको छैन नि | को रहेछ हाम्रो हिरोको मन सुत्तुक चोरेर लाने | को रहेछ दिल चोर |

मदन : हो के मेरो दिलमा आगो लागेको छ लौ भन त म कसरि निभाउ |

प्रदिप: भनेपछि दमकल बोलाउन पर्यो | बल्ल केटाले आफु ठुलो भएको कुरा गर्यो | को रहेछ भनि हालन सुन्दिउ एक पटक |

मदन: त्यै के (लाजले भुतुक्क हुदै.............)

प्रदिप: को त्यै के........

मदन: त्यै.........

प्रदिप: (झर्किदै) कति त्यो त्यो भनेको |छटपटी भै सक्यो भन त छिटो |

मदन: कसैलाई भन्दै नौ नि यो कुरा

प्रदिप: कसम म भन्दिन कसैलाई भन छिटो |

मदन: मुना क्या मुना |

प्रदिप: ये मुना हेर केटा केटि राम्रो छानेछौ  तर के मुनाले मान्छे होला र | त्यै पनि आट | अब सपना मै होला विपनामा उसलाई हेर्ने त होला | कैले गएर गर्ने छौ त प्रस्ताव | आती हाल है आती हाल नत्र मक्करेले उडाइदेला अनि बिचारा तिमि छट्पतिले छतपताउदै मरौला | ढिलो नगर आती हाल |

मदन: ( निरास हुदै ) खै म कसरी अटु उसको अगाडी जान डर लाग्छ | अनि उ संग कुरा गर्न पनि डर लाग्छ | के गरौ के गरौ म त तनाब मा छु |

प्रदिप :( झ्याउ मानेजस्तो गर्दै ) कस्तो डरपोक रहेछ म मिलाईदिउ कुरा कि आफै भन हैन भने म गएर भन्छु | हुन्न र |

मदन: भयो पर्दैन भन्न झन् पहिले भनेको हैन कसैलाई नभन भनेर | आहिले आएर धोका दिने |

प्रदिप: मैले धोका दिन खोजेको हैन तिम्रो हितको कुरा गरेको |

                              (विद्यालयको घन्टी लागेको आवाज आउंछ )

मदन: ढिलो भए जस्तो छ | जाऊ अब |  दौड अब |

प्रदिप: मेरो सल्लाह मनमा मात्र कुरा खेलाएर नबस आटी हाल है अति हाल  नत्र धड्कन ले दुख पाउला अहिले कुद छिटो बिद्यालय पुग्न छ समयमा |

 

(येही कुरा टुंग्याउदै दुइ जना दौडिदै बिद्यालय प्रस्थान हुन्छन | तर गुरु आउनु अगाबै कक्षामा पुग्छन | )

                               सेन २

मुना भने आज चिटिक्क पर्दै छे | लिबिस्तिक, किरिम लगाउदै आफ्नो तयारीमा जुट्दै छे | उसका साथीहरु उसलाई स्कूल जान पर्खिदै छन् | मुना तयारी हुन समय लगाएर बसेकी छे |)

गंगा: (कराउदै) हे मुना कता हराको | छिटो गर ढिलो भैसक्यो भनेको |

मुना: (कराउदै) ह्या गंगा एक छिन् रुक न आए के |

गंगा:( बिल्ला गर्दै ) हे केटिहो मुना निन्द्रामा छे कि के हो आउदिन त | सुतेको मान्छेलाई उठाउन भएन त |

( सबै केटि गलल हास्दै हा हा हा )

कमला: गंगा ले खतरा चुटकिला सुनाइ (हा हा हा ) हासो रुकेको छैन | मजा आयो |

(कमला चिच्याएर कराउदै ): हे मुना कता हराकी ढिलो भयो क्या ढिलो छिटो गर जहिले येस्तई गर्छे |

( मुना बस आए आए भनेर कराको मात्रै छे )

कविता: मुना नजाने हो किन एस्तो ढिलो गरेको | छिटो गर्न ल नत्र हामी जान्छौ नि फेरी |

(मुना  आफ्नो काम सकेर बल्ल आउछे अनि बिद्यालय जान तयार हुन्छे | )

मुना : हे केटीहरु म आउदिन र | कति फतर फतर  गरेकी कमसे कम एकछिन सान्तिले बसेको भए हुन्थ्यो |

गंगा : मैसाबले ढिलो गर्दा आगो लगाई स्यो लौन के अचम्मको पारा देखाई स्यो |

मुना: गंगा कति जिस्केकी अरु केहि थाह छैन |

(सबै जना गफ गर्दै बिद्यालय पुग्छन | बिद्यलायमा मदन मुना आएको देखेर उसलाई हेरि राको हुन्छ | मुनाको आखा मदन तिर पुग्छ त्येसैमा दुइ जनाको आखा जुदाई हुन्छ | मदन लाजले खिस्रिक्क पर्छ | मक्करे मुनालाई कुरेर बसेको हुन्छ | यो घटना बिद्यालयको चौरमा हुन्छ )

मक्करे: (मुना नजिक गएर सुग्दै अनि उसको हात मसार्दै ) हे फुल कस्तो मिठो सुबास यो सुबास भमरा बाहेक कसलाई था हुन्छ | आह..... मजा आयो | येस्तई सुगन्ध सधै आए मन प्रफुल्ल हुन्छ |

मुना: भाक अनुहार हेर त चेम्पंजी जस्तो छ अझ गिद्दे नजर लगाउने | थुक्क ओइ बाटो छोड |

मदन: ओइ मक्करे हो कि लक्करे तलाई थाह छैन केटीलाई इज्जत गर्न पर्छ भनेर कि घरमा सिकाएनन संस्कार के हो भनेर |

मक्करे: (रिसले चुर हुदै ) ओइ केटा यो माग्ने भिखारीले के भन्दैछ |

केटा १: खै थाह भएन मालिक एसले के भनेर कराउदै छ |येसलाई ठेगान लगाउनु पर्यो मालिक |

मक्करे: जा  एस्लाई बजा |

(अब भने सबै कक्षा तिर लाग्छन् | सबै आफ्नो आफ्नो ब्रेंचमा गएर बस्छन् | मदन प्रदिप संग गएर बस्छ | मक्करे भने मुना संग बस्न ढिपी गर्छ |)

मक्करे: हे फुल मलाई तिमि संग बस्न देउन | प्लिज |

मुना: (हस्दै) ओइ पाजी त  म संग बस्ने या बाट गइहाल तेरो केटा संग गएर बस | बुजिस |

मक्करे : त्येसो नभनन म येही बस्छु के |

मुना : ओइ कमला त मा संग बस्न |

कमला : नाइँ म बस्दिन त्या | येही ठिक छु |

(येतिकैमा प्रदिप करौन्छ )

प्रदिप: मुना येसो गर बरु मदन  बस्छ ट्या तिमिसंग |

मदन: म येही ठिक छु |

मुना: मदन लाज लग्यो कि के हो आउ बस मसंग | केहि हुन्न क्या | कमला जा त प्रदिप संग बस अनि मक्करे त गंगा संग बस |

मक्करे: ( रिसले थर्काउदै ) हेर मदन आइस भने खुट्टा भाची दिन्छु |

मुना :  (मक्करेलाई चड्काउदै ) के भनिस ? तैले त्येसको हैन म तेरो खुट्टा भाचि दिन्छु | जा गएर मर गंगा संग |

(मक्करे रिसले बल्दै ब्रेन्चमा जोड जोडले हन्छ |)

मक्करे : साली आफुलाई हिरोनी ठान्छे |

(मदन खुसीले गदगद थियो किनकि उसले खोजेको मान्छे पाएको थियो | अरु भने डरले थर थर थिए |  येतिकैमा मदन अनि मक्करे को झगडा पर्छ | बाहिर गुरु आएर त्यो हेरी राख्नु भएको थियो | उहालाई जान्न मन थियो किन झगडा भयो भनेर |)

मक्करे : ओइ दलित निस्की त्याबाट | तैले छोएको पानी त खादैनौ त माख्लो जातको केटि ताक्ने | ओइ निस्की हाल |

मदन: ओइ धेरै जान्नी नबन बुजिस | पाखे पाखा बाट आइस कि के हो केहि नजानेको जस्तो गर्छ यार |

मक्करे: (आएर मदनलाई मुक्की लगाउदै ) तलाई छुदा पनि मेरो हात गन्हाउन थाली सक्यो या बाट निस्की हाल  

मदन: निस्किन के गर्छस |

मक्करे: साले निस्की |

मदन : निस्किन्न

( अब अति भए जस्तो लागेर गुरु कक्षा भित्र पस्छन् | )

मक्करे: (औला देखाउदै ) गुरु आएर बचिस नत्र मर्थिस आज मेरो हात बाट |

गुरु: सुभ प्रभात

सबैजना: सुभ प्रभात गुरु |

गुरु: येहा के भएको थियो एस्तो भन त | लौ भयो छोड | हिजो दिएको घरको काम गर्यो सबैले |

(मक्करे गंगालाई के थियो भनेर सोध्न थालछ | म्क्करेले गरेको हल्ला गुरुले सुन्छन | )

माक्करे: ओइ गंगा भन छिटो के काम थियो | मैले गरेको थिए कता राखे थाह छैन |

गंगा: (कपि दिदै ) ला हेर के थियो भनेर |

गुरु : मक्करे के को हल्ला हो | काम गरेको छौ |

मक्करे :( उभेर अक्क न बक्क हुदै ) गुरु मैले बिर्सिए |

गुरु : ये हो | लु भन मानिस ठुलो के गरेर  हुन्छ ?

मक्करे: लौ के प्रश्न सोधेको मानिस ठुलो के गरेर हुन्छ | सबैलाई आउंछ |

गुरु : ज्यदा नबोली उत्तर देउ

मक्करे : अह अह ...........(गंगा अनि केटा संग खास खुस गर्न थाल्छ)

गुरु : छिटो भन

मक्करे : मानिस ठुलो पैसाले हुन्छ | बिना पैसा कोइ ठुलो छैन येहा |

(त्यसै गरि गुरुले पालै पालो सोध्न जानु हुन्छ | )

गुरु: गंगा तिमि भन त केले ठुलो हुन्छ |

गंगा : जातले गुरु

गुरु: ल प्रदिप भन त उत्तर

प्रदिप :उमेर ले गुरु

( गुरुले सबलाई प्रश्न गर्छन तर खोजे जस्तो उत्तर भने आउदैन | अन्त्यमा मुना अनि मदनको पालो आउंछ | )

गुरु : ल मदन भन मानिस  ठुलो केले हुन्छ |

मदन: गुरु मानिस ठुलो दिलले हुन्छ जातले हुदैन |

(येतिकैमा मुना उभेर भन्छे )

मुना: हो गुरु मानिस ठुलो दिलले हुन्छ जातले हुदैन | येदी एस्तो हुन्थ्यो भने हामी सब किन फरक छैनौ सबै एउतै छौ रुप रंग अनि चालचलन |

गुरु : तिमीले ठिक भन्यौ मुना अनि मदन तिमीले पनि |

(मदन मुनालाई अनि मुना मदनलाई एक अर्कालाई हेरा हेर गर्छन  अनि मुस्काउन थाल्छन् )

(मक्करे तातिएर भन्न थाल्छ )

मक्करे : गुरु यो तल्लो जातकोले दिलको कुरा गर्ने  एस्लाई लाज सरम लागेन यो भन्दा | यो नकचरो हाम्रो टोलको कुकुर हो | ओइ मदन आइज चोखा चोखा आइज आइज ............चोखा चोखा

(एती भन्दै मक्करे तल बस्छ अनि मुना रिसले चुर हुन्छे अनि मदन पनि )

मुना : गुरु झापड हन्नुन येस्ता काम नलाग्नेलाई |

गुरु: हेर मक्करे मानिस ठुलो दिलले हुन्छ | आमा र बुवाले जे संस्कार सिकाए तिमीले त्यै सिक्यौ | तिमिलाई पैसा ठुलो लग्यो | धन भनेको हातको मैला हो यो जति खेर पनि पखालिन सक्छ तर दिलले जोडेको नाता १०० युग सम्म पुग्छ | साएद सबैले बुज्योउ होला | मदन अनि मुना तिमीहरुले बुझेको रहेछौ |

मुना मदन एकै साथ : धन्यवाद गुरु

(येतिकैमा घन्टी लाग्छ अनि कक्षा समाप्त हुन्छ | घर जाने घन्टी लाग्छ | मुना झुकिएर मदनको हात समात्न पुग्छे येतिकैमा मुनाको कपाल मदनको ब्यागमा अड्किन्छ | मदन निकाल्दै गर्दा मक्करे झगडा गर्न आउंछ | अनि मक्करे र मदनको कुटाकुट हुन्छ अनि कहानी येही टुंगिन्छ |)

                            (भाग १ समाप्त )

 

 

 

 

 

 

 

 

 

 

 

 

                        

Post a Comment

0 Comments