मुना मदन भाग २

 

     मुना मदन भाग २-मक्करेको चाल

(सनिबारको  बिहानको समय थियो | त्येसबेला कोहि कतै हिडेका थिएनन् | अधिकांस मानिसहरु आफ्नै काममा वेस्ट थिए | सबैलाई आफ्नो काम बनाउन भ्याई नभ्याई थियो | यो कहानी जंगलमा दाउरा काट्न जादा खेरिको हो | घास पराल जम्मा गर्न जादा खेरिको हो | सबै बिदा भएर बिहानै आफ्नो परिवारलाई सघाउदै थिए | आज भने अति विषेश थियो | )

गंगा: (चिलौदै) बचाऊ बचाऊ लौन कोहि मलाई बचाऊ गुहार गुहार मलाई बचाऊ

(तल मुना गीत गाउदै आइरखेकी हुन्छे अवाज सुनेर हत्तपत्त गर्दै त्या पुग्ने प्रयास गर्छे  | मक्करे भने भागे जस्तो गर्दै कहिँ लुकीरहेको हुन्छ | प्रदिप दिउसो आउने भनेर आएको थिएन बिहानको बेला | )

मुना : (स्वा स्वा गर्दै माथी आएर ) गंगा तिमि पो के भयो |

गंगा: मुना मलाई बचा मलाई मदनले जबर्जस्ती गर्न खोज्यो |

मुना:( रिसले तातिदै मदन नजिक गएर एक झापड हान्दै ) थुक्क पाजी साला केटिको इज्जतमा हात लगाउने | मैले त बाट यो आसा राखेको थिएन | आजबाट मेरो अगाडी मुख नदेखा |

मदन : (गंगालाई घुर्दै )

मुना : ओइ पाजी कसलाई घुरेको तेरो आखाको नानी झिकेर गुच्चा खेल्छु नि | निस्किहाल भनेको बुझ्दैनस | निस्किहाल |

मदन : (रुदै आखाबाट आसु पुस्दै त्याबाट जान लाग्दा ) म निर्दोस छु मुना मलाई गंगाले फसाको हो |

मुना : के भनिस | मेरो आखाले देखेको झुट हुन्छ | निस्किहाल | मसंग कुरा गर्न नखोज बुजिस |

मदन : ( एकदिन म नीर्दोस छु भनेर सत्य साबित हुनेछ | त्यो दिन तिमि मसंग माफी माग्न आउने छौ |)

मुना : त भन्दा त त्यो मक्करे नै जाति त जा मेरो अगाडी अनुहार नदेखा | (हातको पाच औला सिधा गारेर देखाउदै )बस ! यो भन्दा अगाडिको कुरा सुन्दिन्न जाऊ जान्छौ जाऊ |

मदन :( आसु पुस्दै त्यो  ठाउँ छोड्दै ) येहा असल मान्छेको कदर हुदोरहेनछ | दुनिया स्वार्थी छ भनेर यसै भनेको हैन रहेछ |

 

                                     केहि समय अगाडी

(मक्करे माथिको उकालोबाट आइरहेको हुन्छ र गंगा भने गीत गाउदै आइरहेकी हुन्छे | यही क्रममा भेट हुन्छ | )

गंगा: (गीत गाउदै ) फेदीको भिर मायाको तिर हे नौजाले साथी छन्

                 मेरो सिर धेरै छ भिर सबै माथि छन् हे सबै माथि छ |

मक्करे: (सुसेल्दै तल आइरहेको हुन्छ | येतिकैमा मक्करे गंगा संग ठोकिन्छ )

गंगा : (रिसाउदै) अरे कुन पाजी हो कस्तो राम्रो गाइ रहेको थिए पुरा मुड बिगार्यो | छ्या |

मक्करे: (हास्दै) म हो के गंगा कोइ पाजी हैन मक्करे हो के

गंगा : (मस्किदै) अहह थाह पाए तिमि हो भनेर | कस्तो नहेरी हिडेको मान्छेको खप्पर झन्डै फुटेन |

मक्करे : (कान समातेर माफी माग्दै ) सरि ल मैले चाहेर गरेको हैन भयो के त्यस्तो प्लिज |

गंगा: ल ल भयो  भयो रुन पर्दैन थाहपाई सके |

(गंगा त्यै छेउमा मस्किदै डोकामा घास भर्न थाल्छे | मक्करे भने जानै लागेको अलि तल गएर बदला लिने योजना बनाउन थाल्छ | )

मक्करे: (मनमनै सोच्दै ) मक्करे कता हिडेको येही मौका हो मदन संग बदला लिने मक्करे सोच मक्करे सोच | बरु गंगालाइ झुटो बोलेर भए पनि म मदनलाई सान्तिले बस्न दिन्न | त्येसले कम्ति ठुलो बदनामी गरेको छ |

(फेरी फर्केर गंगालाई बोलाउदै )

मक्करे: गंगा | सुनन एउटा कुरा भन्न मन थियो |

गंगा: के कुरा भनन

मक्करे: मलाई सहयोग चाहिएको थियो | मलाई सहयोग गर्छौ गंगा |

गंगा: के सहयोग मक्करे ?

मक्करे : येदी तिमीले मलाई येस्मा सहयोग गर्योउ भने म तिम्रो प्रेम प्रस्ताव स्वीकार्ने छु | तर यो कुरा तिमि र म बीच मात्र रहन्छ ल |

गंगा : हुन्छ भन म तिम्रो माया पाउन जे पनि गर्न तयार छु | के गर्न पर्यो |

मक्करे : म तिमीलाई जबर्जस्ती गरे जस्तो गर्छु अनि तिमि हतार हतार मा गुहार गुहार गर्छु मदन आएर तिमिलाइ बचाउने प्रयास गर्छ |( औलाले तल देखाउदै )

उ तल हेर त मदन आउदै छ | त्येसपछि म लडे जस्तो गर्छु | आनी मदनले अंगालो हाल्दै गर्दा गुहार गुहार भनेर कराउनु अनि त्येस पश्चात जो आउछ त्येसको अगाडी मदनले जबर्जस्ति गर्न खोज्यो भन्नु | येदी काम गर्योउ भने म तिम्रो प्रेम प्रस्ताव स्वीकार गर्छु | भन सर्त मन्जुर | अह यो कुरा तिमि र म बीच मात्र रहने छ |

गंगा: हुन्छ | म तिम्रो मायाको लागि त्यसै गर्छु | तर कसम हो नि |

(मक्करे गंगालाई जबरजस्ती गरे जस्तो गर्न खोज्दै | )

मक्करे: कसम के हो के तर गंगा छिटो  कराउन कराउ

गंगा : (हुन्छ)

गंगा कराउन थाल्छे .....................

मलाई बचाऊ गुहार गुहार

(यतिकैमा मदनले गंगाको आवाज सुन्छ )

मदन: हैन के भएछ कस्तो आवाज आएको | (दौडिदै आवाज भएको ठाउँ पुग्दै )

मदन: गंगा तिमि अनि यो मक्करे के गर्दै छ |

गंगा : मदन मलाई बचाऊ गुहार गुहार मलाई मक्करेले जबजस्ती गर्न लाग्यो | मक्करे प्लिज मलाइ सहयोग गरन |

मदन: (कराउदै) मक्करे गंगालाइ छोड नत्र राम्रो हुने छैन बुझिस |

मक्करे: (हास्दै) के गर्छस भन

मदन: (मक्करेलाइ मुक्का हान्दै ) थाह पाइस

मक्करे: पाखे पख म तलाई देखाउन्छु |

(येतिकैमा धेरैनै कुटाकुट हुन्छ र लास्टमा मक्करे भागेर एउटा कुनामा लुक्छ | गंगालाइ यो गर्दा मजा आइरहेको हुन्छ | उसले मदन माथि पनि त्येस्तै गर्ने योजना बनाउन थाल्छे | मक्करेको योजना सफल हुन्छ | )

 

सेन २

(यो घटना पछि मक्करे खुसि हुदै घर जान्छ अनि मदन बिरक्तिएर लाजले तड्पिदै घरमा आउछ)

मदन: (घरको कोठामा ) थुक्क म किन गए अब म कसरी मुनाको अगाडी मुख देखाएर हिड्ने र यो समाजमा पनि  | धिक्कार छ मलाइ | मलाई बाच्ने रहर हराउन थाल्यो | (रुदै छाती पिट्दै )

(मदनको बिरक्त हालत मदनको आमाले देख्छिन अनि हतारिदै आउछिन् अनि भन्छिन )

मदनको आमा : (ढाड मसार्दै ) बाबु के भयो किन यसरी रोएको कसले कुट्यो | बाबु.....(आखाबाट आसु झार्दै )  

मदन: आमा (आसु पुछ्दै ) आमा दुनिया स्वार्थी रहेछ जसको भलो गर्यो त्येसलेनै हेप्दोरहेछ | एस दुनीयामा कोहि आफ्नो रहेनछ सब पराइ रहेछन |

मदनको आमा : बाबु के बोलेको किन एस्तो बोल्दै छौ कसले के गर्यो तिमीलाई धेरै तद्पेको छौ | के भयो............

मदन: (रुदै) ..................

मदनको आमा: बाबु तिमि धेरै पिडामा छौ................

मदन: आमा एउटा कुरा भन्छु गर्नु हुन्छ .................

आमा: भन म जे पनि गर्न तयार छु बस भन..........

मदन:म सहर जान चहान्छु दिदि भएको ठाउमा अनि म त्यै बसेर संघर्ष गर्न चहान्छु | तर भोलि बिहान चार बजे हिडीसक्न पर्छ |

आमा: हुन्छ पहिले जाने विचार थियो बल्ल जाने भनिस तर दिउसो मात्र जाने हो

मदन: येदी दिउसो जाने हो भने मेरो अन्तिम सस्कार गरेर जानुहोला | येदी भोलि बिहान ४ बजे नजाने भए तपाइले मेरो लास देख्नुहुनेछ |

आमा: बाबु के भनेको जाबो येतिको लागि आफनै प्राण त्याग गर्ने कुरा गर्ने बाबु तेरो दिमाग त ठिक ठाउमा छ |

(मदन ज्यादै ढिपी गर्न थाल्छ सहर जाने भनेर किनकि मदन चाहदैन कि उसको कारणले गर्दा उसको आमाको इज्जत खराब होस् | धेरै ढिपी गरेपछि आमाले मान्छिन )

मदनको आमा: ठिक छ ल जाने भयौ चार बजे तर एक्कासी किन एस्तो निर्णय लिएको के भयो बाबु कसले केहि गर्यो |

मदन : (डाको छाडेर रुदै...................)

मदनको आमा: के भयो बाबु कति रोएको..........

मदन: आमा त्यो म्क्करे छ नि हो त्येसले गंगालाई जबर्जस्ति गर्दै थियो अनि मैले मक्करे संग झगडा गरेर बचाको थिए तर मुनाको अगाडी उसले मलाई बलात्कारी भनेर भनि...........

मदनको आमा: समाजनै खराब भएपछि कसले के भन्न सक्छ | धनि भएको भए आज कसले के भन्थ्यो र तर धनीको कदर हुने रहेछ.............

मदन: आमा हामी पहिले पनि गरिब थियौ र ?

मदनको आमा: थिएन पहिले | हाम्रो घरमा पनि अरुको जस्तो चाड बाड आउँथ्यो तर एकदिन तेरो बाउ परदेश जाने भए | बढ्दै गरेको खर्च घटाउन तर उतै हराउनु भयो |

(मदनको आमा र बाउको संबाद बाउ परदेश जानु भन्दा अगाडिको...............)

मदनको बाउ: काली म त परदेश जाने भए | घर खर्च बढेको बढेकै छ |

मदनको आमा: राजा त्येस्तो नभन्नु हामी  कसको सहारा बाच्ने ..............

मदनको बाउ: छोरा अनि छोरीको भबिस्यको लागि मैले यो गर्न पर्छ...........

मदनको आमा: नजानुस प्लिज राजा देशमै केहि गरे कमाइ हुन्छ नि..........

मदनको बाउ: भोलि मेरो उडान छ म जान्छु

(मदनको आमा मदनको बाउलाइ अंगालो ह्ल्दै रुन्छिन...........येसैमा पुरा रात कट्छ............. )

बिहान भोलीपल्ट

मदनको आमा: माला लगाउदै | (आसु पुछ्दै)

मदनको बाउ: नरोउ काली म आइहाल्छु  नि |

मदनको आमा : (हास्दै बिदाई गर्दै )...................

(त्यो रात आसुनै आसुले भरेको थियो एक हप्ता सम्म पनि पीडाको आसु रोकिएको थिएन लाग्थ्यो अवस्था खतरनाक भयो एक दिन कफिन बक्स घरमा आउंछ........)

मदनको आमा:( कफिन बक्स हेर्दै) गहभरि आसु झर्दै..............राजा के भयो एस्तो किन छोडेर गएको........छाती पिट्दै..............

(गाउलेहरु मदनको आमालाई समाल्न थाल्छन...................)

आज.....

मदन: आमा अनि बाउ के भएर दुनिया छोडेको रहेछन.......

मदनको आमा: (डाको छाडेर रुदै) खै कन्स्ट्रक्सन गर्दा माथिबाट खसेको रे.....

मदन: खाना खान जाऊ..........भोलि फेरी बिहान हिड्न छ........

मदनको आमा: जाऊ खाना खान.............

(त्यो दिन मदन अनि मदनको आमा कतै जादैनन् ............रति मदनलाई धेरै छटपटी हुन थाल्छ..............भोलिपल्ट बिहान मदन अनि मदनको आमा सहर प्रस्थान हुन्छन)

 

 

 

 

 

Post a Comment

0 Comments