लेखक: दिपेश पौडेल (दिश पौल )
(सन् २०१८ मा एस कथा लेखिएको थियो नेपाली नाटक प्रतिस्पर्धाको लागि | यो नाटक गुरु मुक्ति नाथ मिश्र र रचना खनाल गुरुमा लाइ जिम्मा लगाइएको थियो | तर यो नाटक लामो भयो र पात्र धेरै भए भनेर यो नाटक हुन पाएन र येतिकै बिना प्रदशन बसीरहयो | )
पात्रहरु:
लोग्ने
स्वास्ने
तिन खराब केटाहरु: राम, हरि र श्याम
शिक्षक
असल केटा : सुदेश
दुइ विचारका केटीहरु : रोमा , रिमा (हुन्छ र हुदैन )
रामको बुवा
हरिको आमा
श्यामको हजुरआमा
प्रहरी इनिस्पेक्टर
प्राधानाधयापाक
(दुइ लोग्ने र स्वास्ने बिहान घाम नलाग्न नपाउदै नशा तस्कर गर्न भारतीय सिमा वरिपरी जादा रहेछन | )
लोग्ने : डारलिंग आज त हात्तिको पुछार लागेछनि |
स्वास्नी: हा | बुढो पनि के हो त्यो हात्तिको पुछार भनेको ? हेर्दात कुकुरको पुछार जस्तो छ |
लोग्ने : हत्तेरी जात्रा नापितन | मैले भन्न् खोजेको यो नसा हो | यो गुजारा चलाउन काम लाग्छ |
स्वास्नी : अनि त्यसो भन्नुन , मलाई के थाह यो मिठाई हो भनेर |
लोग्ने: तिमि पनि ह्या यो मिठाई हैन क्या यो नसा हो |
स्वास्नी : त्यो त मलाई पनि थाह छ नि | भित्ताको कान हुन्छ भनेर पो यस्तो भनेको त |
लोग्ने: मोरी ! नबन गोरी ! त्यसो भनन त |
स्वास्नी : है | तपाई कहाको महात्मा | मैले अझ सम्मान गर्न हुदैन | ढाड भाच्ने जात्रा पिटीहाल्छन |
लोग्ने : ल ! ल ! नगर म पनि चुप तिमि पनि चुप | अब सब चुप | अब सब चुप ! नो गुप्चुप !
(उता तिन खराब केटाको घरमा )
राम : बुवा मलाई ५०० दिनुन |
बुवा : किन ? केलाई ? कारण भन अनि दिन्छु |
राम: हैन ! मलाई चहिएको छ पहिला दिनु अनि भन्छु |
बुवा: (रिसाउदै) तलाई नर्कट ! कुम्मकर्ण ! राक्षस ! पिचास | भन अनि दिन्छु |
राम : हास्दै ! नाग्लो पिटेर हात्ती तर्साउनु भने जस्तो | के भनेको त्यो ? तपाई हजार रक्सिमा सिध्याउनुहुन्छ भने मैले किन पाच सय नपाउने |
बुवा: चुप लाग | हन्दिउ एक झापड |
राम : ममीलाई गएर भन्दिम तपाई खानुहुन्छ भनेर |
बुवा: ला ! ला ! पाच सय | तर नचाइने कुरामा रोइला नपिट |
छोरा ; पिटदिन रोइला सोइला घरमा बसेर खानुन दुइ किलो कोइला |
( हरिको घरमा )
हरि : आमा मलाई तिन सय दिनुन भनेको |
आमा : काम नपाएको नकचरो | त नामर्दले येही भन्छस भनेर थाह थियो | किन चाहियो तलाई तिन तिन सय |
हरि : नाइके दिनुन दिनुन | काम छ | बेलुका फिर्ता दिन्छु |
आमा : चुप लाग ,म | म तलाई दिन्न | के गर्छस ?
हरि : आज म अनसन बस्छु र बाबालाइ यो भन्छुकि तपाई दुनिया केटालाइ नचाउनुहुन्छ |
आमा : (रुदै ) मेरो त भाग्य नै फुट्यो भन्या | हे दैब मलाई येहाबाट किन उठाएनौ |कस्तो कुलानघार सन्तान जन्माएछु |
हरि : धेरै बोलेर नाटक देखाउन पर्दैन अनि खुरापाती कुरा नगर्नु | दिनु येहा खुरुक्क ल्याएर |
आमा : (रिसले रनन हुदै ) ला ! लिएर जा तेरो काट्टो | भरे घर त आइज म तलाई सिध्याइन भने |
( श्यामको घरमा )
श्याम : हजुरआमा हजुरआमा सुभ बिहानी
हजुरआमा : ( मनमनै सोच्दै ) आज नतिमा केहि परिवर्तन आएछ | तमिज भन्ने चिज बल्ल सिकेछ |
(ठुलो आवाजमा ) स्याबास !
श्याम : हजुरआमा मलाई ४०० दिनुन काम छ |
हजुरआमा : किन ? किन बाबु ?
श्याम : हजुरआमा केहि काम छ यो भएर |
हजुरआमा : लाउ नाती | मैले तलाई पैसा दिएको छु | तर पाएको यो पैसा दुरपयोग नगर है | सदुपयोग गरेर चाला है नाति |
श्याम: धन्यवाद हजुरआमा | म एस्लाई चाहिने ठाउमा नै सदुपयोग गरेर नै चलाउनेछु |
हजुराआमा : ल ठिक छ
श्याम: म गए हजुरआमा |
हजुरामा : लाला रामरी गयस |
0 Comments