अचानोमा हानेको दाउँ

January 03, 2026 0 Comments A+ a-

अचानोमा हानेको दाउँझै परेको छ यो मुटु
जब तिमीलाई सम्जिने प्रयास गर्छु खान्छ मन कुटु कुटु 
हो म तिम्रो नजरमा म गलत भए तर अरू त सही थिए
पीडा कस्तो हुन्छ त्यो तिमी भोगेर हेर अनि थाह हुन्छ

तिलको पहाड बनायौ तर मैले केही भनिन बस चुप बसे
सोचे साथ पाउने छु तर मरो हरेक कुरा गलत भए 
तिमी रुँदा मेरा आसुहरु झर्दा कुनै महत्व भएन 
तिमीलाई सम्झेर तड्पेको त्यसको कुनै गरणा भएन

घाउ हो बिस्तारि खाटो लाग्दै त्यो निको हुनेछ 
एक दुई दिन कमजोर हुम्ला तर आफै ठिक्क हुनेछ 
हरेक रात तिमीसँग विताको यो मनमा रहने छ 
त्यो दिन सम्झेर मेरो सपना बनेर आउने छ 

म गलत अनि खराब भए म जस्तोको संगत के गर्छौ
म काम नलाग्ने भए म बात के आशा राख्छौ 
म गन्तव्यमा हिँडेको मान्छे बाटो धेरै लामो छ
म यात्री पहाड चढ्न अझै संघर्ष गर्नु पर्ने छ 

अचानोमा हालेको दाउँझै परेको छ यो मुटु
जब तिमीलाई सम्जिने प्रयास गर्छु खान्छ मन कुटु कुटु 
हो म तिम्रो नजरमा म गलत भए तर अरू त सही थिए
पीडा कस्तो हुन्छ त्यो तिमी भोगेर हेर अनि थाह हुन्छ





NIRDOSH

 झुटको संसारमा सत्य रोइरहेछ, निर्दोष मुटु आज घाउ बोकी हिँडिरहेछ। जसलाई बचाएँ, उसैले दोष लगायो, मेरो जीवनको आकाश आज किन अँध्यारो भयो।। आमा म ...