जीवनको मार्ग - संघर्षको यात्रा

 

जीवनको मार्ग - संघर्षको यात्रा

[एस नाटकबाट महिलाको कहानी देखाउन खोजिएको छ | जसले हजार पिडा खाएर दुखको भेलमा डुबेर आफु सफल भएर छाड्छे  ]

पात्रहरु:

सोहन-सुजिताको श्रीमान

सुजिता- (मुख्य पात्र )

सिता :छिमेकी महिला

महेश :छिमेकी पुरुष

Scene 1

न्यारेटर(बयान कर्ता ):सुजिताको श्रीमान् जड्या हुन्छ | सानैमा तिनीहरुको बाल बिबाह हुन्छ | तर सुजिताको श्रीमान बिग्रनुमा उसको आमा र बुबाको हात ठुलो छ | आज फेरी जाड र रक्सि खाएर बबाल मच्काउदै छ सोहन ]

समय र स्थान:रातको ८ बजे घरको बाहिर र बाटोमा

(बाटोमा सोहन मातले हिडिरहेको हुन्छ | सुजिता घरको बिचमा आफ्नो लोग्ने सोहनको प्रतिकछ्या बसिरहेकी हुन्छे |)

बाटोमा सोहन (जाडको लतमा):जिन्दगीनै एसतै रहेछ मैले मानिन | मेरा रहर धेरै थिए उस्ले जानिन | राम्रो बन्न धेरै खोजे तर जान्दै जानिन | यो घरको ढोका पनि देखिदैन त | यो नै मेरो घर होला र | (परल्यक पुर्ल्लुक हेर्दै ) ए म त घर पो आएछु | येही त होनी (भित्र छिरेर ढोकामा लात्ती हान्दै ) त कहाँ मारिस निस्किहाल | ओइ ढोका खोल | तेरो बाउलाई बन्द गरेकी |

[सुजिता निरास हुदै डरले काम्दै घरभित्र बाट बाहिर आउँछे र लोग्नेलाई सम्झाउन तर्फ लाग्छे ]

सुजिता(रुदै):आज पनि खायौ हैन | किन एस्तो गरेको बाल बच्चा छन् | तिनीहरु पढ्न पाएका छैनन् | अलिकति त सोच |

[यो सब कतृत नजिकको छिमेकीले हेरिरहेका हुन्छन | तिनीहरु त्यो रमिता हेर्दै गफ गर्दै ]

सिता:ए बुडो | (औला देखाउदै ) यो घरको माहिलाले कस्तो दुख पाएकी | कस्तो नामर्द लोग्ने परेछ | हेर त स्वास्नी कुटेर आफु ठुलो भन्दै छ | थुक्क हाम्रो समाज |

महेस: आखा लाग्ला है आखा लाग्ला [हास्दै...] बिचरीको दुख हामीलाई सर्ला | लाज नपचेकाले जे पनि गर्छ | त्यो घरका बुढा र बुढीको पनि के र | आफ्नै बुहारी कुटेर समाजमा मै हु भन्छन् |

सिता: बिचरीको जिन्दगी तहस नहस पारेका छन् | थुक्क कस्ता अपराधी रहेछन् तिनीहरु | बुहारी चै छोरी हैन र ?

महेश:होनी अब के गर्ने कोहि मिलाउन गयो भने सोजै खान आउन्छन  बरु तै चुप मै चुप |

(कुटेको  भने आवाज आइ नै रहन्छ | त्यो रात सुजिताले धेरै कुटाइ खान्छे | भोलिपल्ट बिहान छिमेकि महिला सिता मजाक हान्दै भन्छे |)

सिता:ओइ | सुजिता तेरो घर सिक्छित भएको भए एस्तो हुदैन थियो नि | त संग सिक्छ्या भएको भए त आफै गरि खान सक्थिस नि | विडम्बना हेर (सरिरमा भएका चोट मसार्दै ) हेर..अझै समय छ भनेको मान त यो घर छोड र नया जिबन सुरु गर तेरो कल्याण हुन्छ |

सुजिता: हो र दिदि मैले बुझे तर यो अबस्थामा पनी म के गर्न सक्छु र अनि कसरी निस्किने |

सिता: सुन एस्तो पिडा सहेर बस्नु भन्दा  येस्ता पापीहरुलाइ छोड अनि तेरो लोग्नेलाई डेवोर्स गरिदे |

सुजिता :नाइ म एस्तो गर्न सक्दिन | के हो यो डेवोर्स भनेको ?

 (त्येस्पछी उ त्या बाट हिड्छे | तर यो समस्या लगातार चल्छ | एकदिन त अति भएछ | उसलाई घरबाटनै निकालिदिए छन् | रातको समय थियो | उ रुदै आखामा आसु पुस्दै बाटामा हिडिरहेकी थि | रातको समय त्यो पनि असुरछित बेला थियो | त्याहा बाटोमा ट्यापे केटाहरु थिए | कस्लाई के थाह थियो र तिनीहरुले त्येस महिलालाई बलात्कार गर्छन | भोलिपल्ट बिहान मुखमा रगत बगेको अनि घिस्रीदै घिस्रीदै हिड्दै गर्दा बाटोमा एक्कासी ढल्छे | धेरै मानिसको भिड हुन्छ तर केहि बुजकी मानिस मिलेर उस्को उद्धार गरेर उसलाई अस्पताल पुर्याइन्छ | तर त्येस बेला उसको हालत एकदम नाजुक थियो | उ त्यो बेला सम्झेर बार बार तर्सिन्थी | महिला न हो उसले हिम्मत हारिसकेकी थिइ |)

स्थान:अस्पताल                                समय: १ बजे दिउसो                 SCENE 2

सुजिता:(रुदै ) हे भगवान कस्तो जिबन दियछौ | मलाई नर्कमा ल्यायछौ |

(पिडामा के हुन्छ भनेर कस्लाई के थाह | उ आफ्नो कपाल आफै भुताल्न थाल्छे | एक्कासी उसलाई छिमेकिले भनेको कुरा याद आउन्छ र त्यो सब छाडेर छातीमा हात राख्छे र प्रण(बचन) लिन्छे |)

पढाइ साचै महान् रहेछ | म अब अगाडी बढ्छु | अब म पढाई गर्छु | म मेरो जीवनलाई स्वर्ग बनाउँछु र दुनियाको अगाडी मेरो काबीलियेत देखाउन्छु |

(गह भरिको आसु पुस्दै उ त्यस अस्पतालबाट बाहिर निस्कन्छे | त्याहबाट बाहिर निस्केर काम खोजेर काम गर्न थाल्छे |

NARRATOR(बाचक): [हो,अब सुजिता दिनभरी काम गर्छे | कहिले अरुको घरमा काम गर्छे त कहिले अरुको घरमा भाडा मज्ने काम गर्छे | कहिले कपडा धुने काम गर्छे, कहिले बाटामा मकै पोल्छे , कहिले खान पकाऊँछे | तर उ यस्बेला उ अछर चिन्न प्रौढ शिक्षा लिन गएकी हुन्छे | यो करिब रातको ६ बजे देखि ९ बजे सम्म यो शिक्षा  चलिरहन्छ | येसरी गर्दा गर्दै करिब दुइ वर्ष बित्छ | त्येस पछी घरै बाट शिक्षा लिन भनेर  सुजिता बिद्यालय भर्ना हुन जान्छे | यो एक  सरकारी बिद्यालय हुन्छ | उसको भर्ना कक्षा सातमा हुन्छ |  कक्षा सातमा पदाई अलि कमजोर भएपनि दश सम्म पुग्दा पदाई अत्यन्त  राम्रो हुन्छ | कक्षा १० मा सुजिता वडा भरिको विद्यालयमा प्रथम हुन्छे | त्येसपश्चात सुजिताको कक्षा १२ को अध्यान सकिन्छ र एक वर्ष मिहेनत गरेर लोक सेवा पढ्छिन | एधी गर्दा गर्दै लगभग उनको नाम कार्यालयको अधिकृतमा निस्कन्छ त्येसपछी उनि मिहेनत गरेर काम गर्छिन र उनको बडुवा हुदै हुदै दश वर्षमा  उनि सचिब हुन्छिन | एसरी गर्दा गर्दै उनको २२ वर्ष रितिन्छ र उनि अहिले ५५ वर्षको भइन |

सिन ३                             समय ३  बजे  दिउँसो                 स्थान:नेपाल सरकारको कार्यलय

[उनि आज धेरै खुसि छिन किनकि आज उनको अवकाश दिने दिन थियो र उनको खुसीको अन्तिम समय | उनि त्या हजारौं मानिसको अगाडी बाचन गर्दै थिन | ]

सुजिता:[खुसीले हात माथि गरे पश्चात मन्तब्य दिदै ] मलाई गर्ब(सान,इज्जत,मान) छ म जस्ता हजार नारीहरु येहा हुनुहुन्छ | यो समय गर्बले  छाती फुलाउने समय हो | म एक असिक्षित महिला थिए जसको बच्चा उमेरमा बिबाह भयो | लोग्ने, सासु , र ससुरा प्रति सधै समर्पित थिए तर मेरो इज्जत भने थिएन | हुनत लोग्ने गलत भए पछि एउटा आइमाई कति मर्दी रहिछे | यो जिबन अमुल्य छ | मलाई सिक्षा के हो भन्ने थाह थिएन | सिक्षाको महत्व एक जना छिमेकिले भन्नु भयो | मेरो पेटमा बच्चा हुर्कंदै थियो तर लोग्ने सासु र ससुरा मिलेर कुटे त्यै दिन मेरो गर्बा (meaning:uterus-place here baby start to fertilize inside the womb of mother) साय बिग्रेछ | म आमा बन्न नसक्ने भए | त्यै पनी म त्यहाँ सारा अन्याय र अत्याचार सहेर बसे | एकदिन मेरो लोग्ने,सासु र ससुरा मिलेर मलाई धेरै कुटे अनि मलाई घरबाट नै निकालिदिए | कति बिन्ति बिसाए कति ढोगे तर मेरो कुरा कसैले सुनेनन् |म भौतारिदै गल्लि गल्लि हिडे | बाटामा ट्यापे केटाहरुले मेरो बलत्कार गरे | (गहभरिको आखाको आसु पुस्दै) मुखभरी रगतै थियो | पेट दुखि रहेको थियो | म त बिहोस पो भएछु | कोहि मानिस मिलेर मलाई अस्पताल पुर्याएछन | चार दिन पश्चात होस् आयो र त्येस दिन बाट म सिक्षित भएर अगाडी बढ्ने प्रण गरे | मैले अर्काको घरमा भाडा माज्दै लुगा धुदै रात दिन एक गरेर पढाई गर्न थाले | मेरो पढाई एकदम अगाडी बढिरहेको थियो | आज म येहा छु त केवल मेरो आट हिम्मत र साहसले छु | मलाई परेको बेला सहयोग र साथ दिनुहुने सम्पूर्णमा धन्यवाद अनि नमन | पढ्नलाई उमेरले छेक्दैन र आफुमा हिम्मत र साहस छ भने जस्तो सुकै अपतलाई जितेर अघि बढ्न सकिन्छ | मेरा यि दुइ सब्द मन पर्नेले तालि दिनुहोला | धन्यवाद |

[सबैले उसलाई ताली दिन्छन र त्यस कार्यक्रमको अध्यक्षले उसलाई सम्मान पत्र दिन्छन | येसरी कहानी अन्त्य हुन्छ | ]

 

 

 

****************************समाप्त*********************

Post a Comment

0 Comments