नेपाली कथानक कहानी: तोसिमाको कथा
भाग : १ तोसिमाको बाल्यकाल र बिबाह अनि बच्चा
कथाको संख्या : ९०२२८६७८-२३०९२०२३०९८७८९८-STALIN
(एस कथामा तिन वटा भाग रहेका छन् यो एस कथाको प्रथम भाग हो | भाग १ मा तोसिमाको बल्यकाल, भाग २ मा तोसिमाको न्यायको लडाईको र भाग ३ मा तोसिमको अहिलेको अवस्थाको बर्णन गरिएको छ | )
(यो सक्कली कपि हैन यो एस कथाको ड्राफ्ट कपि हो | बिना अनुमति एस कथालाई छाप गर्न पाइने छैन | यो दिश पौल एजुकेसनको सम्पति हो | तपाइले अनुमति लिए पश्चात लाइसेन्स दिइने छ | )
एकादेशमा एउटा भट्टे डाडा नाम गरेको गाउँ थियो | यो गाउँ अत्यन्त सुन्दर थियो | प्रकृतिको काखमा बसेको अनि चारै दिशा हिमालै हिमालले भरिपुर्ण थियो | यो सुन्दर मात्र थिएन यो पर्यटक घुम्ने मुख्य थलो पनि थियो | त्येस गाउमा होमइस्टे पनि थियो | एतिहासिक हिसाबले
यो डाडा अत्यन्त महत्वपूर्ण थियो | एस डाडाले एउटा सिंगो सताब्दी पार गरेको थियो | यस गाउमा हजारौ घटना घटेको थियो | लाखौ बसोबास रहेको एस डाडा आर्थिक अवस्थाले पनि अत्यन्त मजबुत थियो | त्येस गाउमा तोसिमा,हरिस,अस्मिता ,रमेस र स्वोर्निमा पनी बस्थे |
तोसिमा उमेरले धेरै बुडी भैसकेकी थि | उसको उमेर लगभग ६० वर्षको थियो | बिचरी एती सम्म बुडी भए पनी जिबनमा धेरै कस्ट भोगेकी थिइ | हरिस र अस्मिता तोसिमाको छोरा र बुहारी थिए | रमेस र स्वोर्निमा नाति र नातिनी थिए | एस परिवार अत्यन्त खुसहल थियो |
आज धेरै महत्वपूर्ण थियो | असोजको महिना थियो | चाडबाडको रोनक थियो | सब रमाइलो गर्नमा वेस्त थिए | तोसिमा भने चिन्तित अनि खुसि महसुस गरेको देखिन्थ्यो तर बाहिरबाट हसिलो अनुहार देखाएर खुसि साट्दै थिइन | आजको दिन एस परिवारमा अन्धकार
छाएको दिन थियो | हरिस र अस्मिता आज दसैको समान किन्न भनेर बजार जान थालेका थिए येदिकैमा रमेस र सोर्निमा आएर आफ्नो आमा र बुबालाई चंगा र लत्ता ल्याइदिन अनुरोध गर्छन् | हास्दै अस्मिता र हरिस आफ्ना सन्तानलाई सान्तोना दिदै त्याबाट बिदा हुन्छन |
रमेश र स्वोर्निमा मख्ख परेर खेल्न जान्छन् अनि खेलमा रमाउदै थिए | तोसिमा आफ्नो नाती र नातिनीलाई खाना खान बोलाउन जान्छे | तोसिमा नाती नातिनीलाई बोलाउदै "हे केटाकेटि हो कति खेल खेलछौ? भोक लागेन ?खाना खान आउ न |" त्येस्पछी रमेश र स्वोर्निमा
खाना खान जान लाग्छन् | खान खादै गर्दा रमेश र स्वोर्निमा तोसिमालाई एउटा कथा भन्न दवाब गर्न थाल्छन् | तोसिमा आफ्ना नाती नातिनीलाई सम्हाल्न नसक्ने हालत भएपछि आफ्नो मनमा पत्थर राख्दै पहिले घटेको घटना सुनाउन थाल्छे | सुनाउनु भन्दा अगाडी आफ्ना नाती
नातिनालाई पर्ल्यक पुर्लुक हेर्दै भन्छे "केटाकेटि हो यो कथा एस परिवारले गरेको सघर्षको कहानी हो | एस कहानी सुनेर तिमीहरु रुनचै भएन |" तोसिमाको आखाबाट आशु झर्न थाल्छ | रमेश र स्वोर्निमा मख्ख परेर कथा सुन्न थाल्छन |
तोसिमा कथा भन्न सुरु गर्दै "आज भन्दा करिब ३५ वर्ष अगाडिको हो |येही समयमा हाम्रो घरमा अन्नाको अनिकाल थियो | आहिले जस्तो त्येस समय हाम्रो गाउ विकासनै भएको थिएन |भर्खर मानिसहरु बस्न आएका थिए | येहा न बिद्यालय थियो न कुनै संस्था |
पानी लिन पनी घन्टौ हिड्न पर्थ्यो | एस्तो बिकराल अवस्थामा बसेको थियो कि जुनसुकै बेला पनी जे पानी हुन सक्थ्यो | मेरो आफ्नो दाइ थियो | हामी दाजु बहिनि अति खुसि थियौ | भर्खर १३ वर्ष र १६ वर्षको थियौ | स्कूल त थिएन तर हामी घरको काम गर्न एकदम सिपालु थियौ |
मेरो दाई भकारो र गोबर सोर्थ्यो अनि मा घास सोतर गर्थे | था छ ? स्वोर्निमा = हत्तपत्त प्रश्न गर्छे :"के हजुरआमा ? भन्नुस न कस्तो मजा आको छ |" तोसिमा हास्दै उत्तर दिन्छे :"हो नि एक छिन पछि रुन थाल्छौ " अब कथा सुन्न थाल | रमेश र स्वोर्निमा मक्ख परेर फेरी कथा सुन्न थाल्छन् |
"म अत्यन्त हिस्ट पुस्त र बलवान थिए | त्येसबेलाको खाना पनी अत्यन्त पौस्तिकदार हुन्थ्यो | मलाई सब केटाहरुले आखा लगाउन्थे | म उनीहरुलाई मतलब नगरी अफ्नो बाटो हिड्थे | तर मजा धेरै आउथ्यो | म १५ वर्षको भए | मेरो बिहे हुने बेला | अह ! अहिले जस्तो बिहे हुन्न थियो |
मेरो बिबाह बैशाख महिनामा मेरो दाइको साथीको भाइसँग हुने पक्का भयो | उ पनि अत्यन्त सुन्दर थियो | म देखेरनै उ माथि प्रेममा परे | करिब जेठ महिनामा भब्य बिबाह भयो | मेरो दाई मलाई रुदै बिदाई गर्यो | राति म धेरै रोए |
म घर सम्हाल्ने हालतमा थिन तर म बिस्तारी बिस्तारी घर सम्हाल्ने भए | लगभग दसैको बेला मेरो दाई मलाई लिन आयो म माइत बस्न गए येही क्रममा मेरो श्रीमानको दाई र मेरो दाई परदेश जाने योजना बनाएछन् |असोजको महिना थियो त्येसैको लगभग ११ महिना पश्चात मेरो दाई र मेरो श्रीमानको दाई संगै परदेश पलायन हुन्छन् |
उनीहरु दुबई गएका हुन्छन् | पहिलो दुइ महिना राम्रै कमाइ गरेर घर खर्च पठाउँछ तर त्यही बेला काम गर्ने क्रममा उ त्येहिको भीरबाट खसेर उसले जिबन त्याग्छ|म माइतमा थिए मलाई केहि थाह थिएन | एक जना त्येहिको छिमेकि मलाई लिन आउनु भयो म घर गए जब त्याह पुगे
अनि थाह भयो मेरो दाईले दुनिया छोडेछ | म एक्कासी छाती पिट्दै रुन थालेछु | संगै बसेको दाई जसलाई धेरै माया गर्थे अनि जसले मलाई धेरै माया गर्थ्यो त्यो गयो भन्दा यो मन कहाँ मान्थ्यो र |
म आफुलाई सम्हाल्न सकिन असोजको महिना थियो तर सबको घरमा चाड छ अनि मेरो घरमा आसु | लगभग ४ दिन टिकाको दिन मेरो दाइको लास आयो एउता बाकसमा र मेरो जेठाजु पनि | उसको आखामा पनी आसु रोकिएको थिएन |सबै रुवाबासी चलेको थियो असुनै आसु थियो |
एकछिन एस्तो लाग्यो यो दैब कस्तो निस्तुरी रहेछ भनेर | म त रुदा रुदा बेहोस भएछु मलाई उठाउन गाउलेले धेरै प्रयास गरेछन् | मलाई होस आयो अनि त्येस्पस्चात् सबै मेरो आफ्नो दाईको मलामी जाने तर्फ लग्यौ |
आसुको भेल रोकिएको थिएन | त्यै दाइको याद मात्र आउन्थ्यो मनमा |मेरो मनमा आएको भेललाई जसो गरेर पनि रोक्न सकिन | मेरो दाइको लासलाई काठमाथि सुताएर डडाउन तयार गरिएको थियो | मेरो बाउले दाइको अन्तिम संस्कार गर्नु भयो | म पनि कस्तो बौलायछु दाइको जलिरहेको लास अगाडी झन्डै हामफालिन छु |
त्या दाइको लास ३-४ घण्टामा
पुरै अंगर भयो | सबै गए तर म त्यहि घाटमै दाइको अंगर हेरेर टोलाउन थाले | केहि समय पश्चत मैले दाइको अंगारको टिका लगाएर आमा र बाबाको जिम्मेदारीको प्रण गरे | म त्येस्पस्चात् घर फर्किए |
घरमा दाइको क्रियाको काम चलिरहेको थियो तर बिडम्बना म आफै घाइते बाग जस्तो भाको थिए | म आफै थला परेको थिए | त्येस दाइको यादले मलाई पिछा छोड्न सकेन | जा जान्छु त्यै दाई देख्न थाले | मैले गर्ने हरेक काम बिग्रन थाल्यो | म पिडामा पनि हास्दै अगाडी बढ्न थाले |
छ महिना लाग्यो मलाई एस पिडा बाट निस्कन तर निस्किए | दाइको यादको किला निस्किए जस्तो हुन थाल्यो | म एस बेला १७ वर्षको थिए | एस दुखियाको कहानी कसले सुन्छ र | तीमिहरुको हजुरबुवा मलाइ समाल्न बस्नु हुन्थ्यो | मन समलिन्दै थियो तर अचानक एस गाउमा
पानि पर्न थाल्यो | यो पानी अन्त्येन्त ठुलो थियो | त्येस पश्चात एस गाउमा ठुलो पहिरो गयो | त्येस पहिरोले मेरो घरलाई पनि छोडेन |मेरा बाउ आमा त्यै पुरिएर मरे | एस दुखियाको खुसिनै चुडेर लग्यो |
बुवा र आमाको खोजि सुरु भयो तर उनीहरु भेटिएनन् | उनीहरुलाई सम्जिदै मेरो मान टुक्री सकेको थियो | जिन्दगीमा पिडा मात्र आएको थियो | म अक्क न बक्क भाको थिए | म कमजोर हुदै जान थाले | मेरो कमजोरीले मलाई पुन बेहोस गराएछ | म होसमा आए पस्चात आफुलाई
सम्हालेर अगाडी बढ्ने प्रण गरे | म भित्र जति चोट भए पनि त्येस चोटलाई पिएर अगाडी बढ्न थाले | बिस्तारी जिबनमा खुसियाली आउन थाल्यो | लगभग २० बर्सको उमेरमा मेरो पहिलो सन्तान जन्मियो | तिमीहरुको पिता जन्मिए पश्चात एस घरमा खुसियाली छाउन थाल्यो | "
कहानी सुनाउदा सुनाउदै गर्दा हरिस र अस्मिता आइपुग्छन् |रमेश र स्वोर्निमाको आखामा आसु झरीरहेको हुन्छ | हजुरआमालाई अंगालो हाल्दै रुदै भन्छन् हजुरआमा बाकी कहानी पछि सुन्छु ल |बुबा र आमा आउनु भो के ल्याउनु भयो हेर्न मन लागेको छ म त्यै जन्छु | तोसिमा
आफ्नो नाती र नातिनीलाई अंगालो हाल्दै गालामा मोई खान्छे र जान दिन्छे |रमेश र स्वोर्निमा आफ्नो बुवा भएको ठाउमा जादै प्रश्न गर्छन् "बुबा लत्ता खै ? चंगा ल्याउनु भाको छ ?"हरिस हास्दै उत्तर दिन्छ "पहिला भित्र हिड अनि निकालेर दिन्छु |रमेश र स्वोर्निमा मक्ख
पर्दै आहा आज चंगा खेल्न पाइने भयो आज मजा आउने भयो |
(हरिस सबलाई ल्याएको समान देखाउन थाल्छ सब त्यो देखेर मक्ख पर्छन | येसैमा प्रथम अध्याय पुरा हुन्छ र दोश्रो अध्याय सुरु हुन्छ | दोश्रो अध्यायमा तोसिमा माथि भएको अन्याय र अत्याचारको बर्णन गरिएको छ |)
0 Comments