सुधाको पिडा

 The script was written by Dish Poul and Checked and corrected by RPG.


(सुधा एकदम दुख पाएकी महिला हो | उ अहिले आफ्ना सन्तान संग एक्लै बस्छे | घरमा सासु र ससुरा खराब भएकाले लोग्ने संग बिछोड भएको ठान्छे | छोरा त्यै नजिक पढीरहेको छ | तर उ भने भान्साको काममा बेस्त देखिन्छे | त्यै बेला भान्सामा अन्न रित्तिन लागेको हुन्छ | उसको 

मनमा कुराहरु खेल्न थाल्छन | )


सुधा: (चामल केलाउदै) (आखाबाट पीडाको आसु झरिरहेको हुन्छ ) (सुक्क सुक्क गर्दै )(मनमनै ) 

                                                                                  सासु भनेर के गर्ने आसु दिने भएपछी 

                                                      घर जान्छु भनेर के गर्नु राक्षश जस्तो मासु चपाउने भएपछि |

हामी महिलालाई पनी कति मुस्किल छ | घरको काम गर बाहिरको काम गर अनि सारा चुलो चौका सक्नु पर्ने झन त्यसको नाम लिए पश्चात यसै रिस उठ्न थाल्छ | साएद लोग्ने गतिलो होस् त यो सब समस्या कहाँ बाट आउथ्यो र | (एक घुट्का पानी खादै ) घरमा अन्न छैन 

ए मेरा लाला तिमीहरु जिउदै भएपनि तिमीहरु  टुहुरा भायौ | येदी त्यो बचेको थियो भने यो कस्ट देख्न पर्दैन थियो | पहिले घरमा बसियो तर के गर्नु जब सन्तान पेटमा थियो धरै काम गर्न पर्यो | घरको सारा काम गर्न पर्थ्यो |  म सहकारी थिए अर्थात् म माछा मासु खन्न थिए तर 

उनीहरुले जबरजस्ती मासु कोच्याउन्ठे | जब बानि पर्यो उनीहरुले तल्लो पानीको बास गराए | केहि समय पश्चत जेठानी आई तर जेठानी पनी त्येस्तै  थि | एकदिन बारीमा घास कट्दै थिए त्यो आएर सबै घास खन्याएर मलाई त्यै कुट्न थाल्यो र फेरी घास ल्याउन भनेर 

लगायो | सासु एस्तै थि एकदिन खाना पकाउन गएको पकाको थिए तर सारा खाना भैसीलाई दिएछन | जेठाजु सिक्षित भनेर के गर्नु जुठो थालनै टाउको बाट खान्यायो | लोग्ने सासुको कुरा सुनेर सधै कुटथ्यो | सधै नोकर सरह काम गर्न लगाउन्ठे |एकदिन त्येस्लाई गाएब पारेछन | 

मलाई लोग्ने टोकिस भनेर हातपात गरि अनि त्येस्पछी मलाई घरबाट निकल्दी | अनि म माइत गए माइतमा बस्दा बस्दै त्येसको ठाउ पत्ता लाग्यो |  म गए | सुरुमा को हो म चिन्दिन भनेर भन्यो तर त्या अबस्येक प्रमाण देखाए पश्चात जबरजस्ती त्येसले स्वीकार्न पर्यो | (येसो नाङ्लो 

उछाले जस्तो गर्दै )


त्यहाँ अर्को बिबाह गर्न भनेर तयारी अवस्थामा बसेको रहेछ | मेरो कारणले गर्दा त्यो बिबाह भाडियो र ठुलो दशा तर्यो | त्येसपश्चात अर्को सन्तान जन्मियो | मैले त्येसलाई बार बार यो घर मलाई फापेन एसमा दशा छ छोडेर अर्को  ठाउँ जाऊ भने (हात हल्लाउदै) तर त्यो मानेन | मैले 

गरि खान बित्तिकै म माथि अत्याचार हुन्थ्यो | हरेक दिन कुटाइ खान्थे |

(गिलासमा पानी भर्दै  )


त्यो दुनिया केटिसँग लाग्थ्यो | ए लाला तेरो गोठालो भन्दा पनि त्येसको गोठालो बस्दैमा समय जान्थ्यो | एकदिन मेरो कोखको दोश्रो सन्तान बिरामी पर्यो | त्यो मलाई छाडेर पुन बेपत्ता भयो  | म माइत आए र त्यो सन्तानलाई भारतमा उपचारको लागि लगे तर त्येस सन्तानले त्यै जिबन 

त्याग्यो | छातीभरि पिडा र आशु बोकेर म नेपाल फर्किए | नचाहादा नचाहदै मैले त्येस सन्तानलाई लगेर गाड्न पर्यो | (भक्कानो छोडेर रुदै ) म केहि समय त माइत बसे तर न दाईले मनपराउन याल्यो न आमा र बुबाले | कति स्वार्थी रहेछ यो समाज | केहिदिन त बसे तर मान्छेहरु 

नकारात्मक टिका टिप्पणी गर्न थाले | मलाई त्या बस्ने लाएक अवस्था छोडेनन् |

(एदा उति हल्लिदै )


मैले माइत छोडे र सहर आए | एस पश्चात मेरा दिन झन बिग्रन थाले | त्यै घर फर्केर जाऊ त्येहा जान दिदैंन थिए | (डाको छाडेर रुदै ) म न्याय माग्न भौतारिन थाले | तर मैले न्याय पाइन | कतिले मलाई कुदृस्टी लगाए तर मलाई जिउनु थियो | घरमा खाना खान अन्न थिएन भोक संग 

लडीरहेको थिए | यो समाजमा मिल्ने भए मलाई गिद्धले सिनो लुछे जसरि लुच्थे म अदिक र धैर्य भएकाले कसैले हल्लाउन सकेन | हे लाला त्येस लडाईमा त पनि थिहिस संगै | म माथि अन्याय मात्र भयो | एक बिना लोग्नेको महिला र अर्को मान्छेले लगाउने कुद्रिस्ती |

(अल्छि लागेर लामो सुस्केरा तान्दै )


त्यसले खर्च दिएको थिएन | मैले त्येस घरबाट बिद्रोह गरेर शिक्षा आर्जन गरेको थिए | मैले पढाउन थाले तर त्यो पद धरै लामो सम्म टिकेन | कोरोना आयो अनि मेरो जागिर लियर गयो | म तनाबमा थिए | कतिले श्रम सोसन गरे कतिले अन्य सोसन गर्न खोजे | म अडिक रहे | म

केहि पाउँछु कि भनेर न्यायपालिका गए तर त्यो अन्धो भैदियो | केहि माग्न गयो केहि पाइदैन | हे मेरा लाला मलाई माफ गर म तिमीलाई टिकाउन नसक्ने भए |मैले कम खोजिरहेको छु | यो ठाउँ पैसामा बिक्दो रहेछ | जागिर पैसामा किन्दा रहेछन् | येहाको न्याय मरिसकेछ | 

म पिडित माथि झन पिडित भैरहेको छु | मलाई न्याय चाहिएको छ | मलाइ न्याय देउ |


(बाहिर केहि कराएको आवाज आए पश्चात झसंग हुदै )(आवाज निकालेर बोल्दै ) ए म कहाँ टोलाएछु | खाना बनाउनु छ | मेरो लाललाई भोक लागिसक्यो |


(चामल केलाउदा केलाउदै गर्दा गर्दै यो नाटक येही समप्त हुन्छ )

Post a Comment

0 Comments