समर्पण
मुख्य पात्रहरु:
सबिता- पिडित बालिका उमेर १०
रीता- संचारकर्मी
सौर्य- पिडितको बुवा
पिडितको साथीहरु
केशर- साथी
सुलोचना
पीडक
असिम- प्रहरी
आकाश- मास्टर
[मध्यमबर्गीय समाजमा प्रत्येक व्यतिले दुख पाउदो
रहेछ यो कहानी एक बालिकाको हो जो न्याय नपाएर छटपटी भहिरहेको छ | ]
बिहान ७ बजे घरमा
(सबिता
आज बिद्यालय जादै छे | चट्ट तयार परेर विद्यालयको लागि निस्किन्छे | उसलाई
लिन भनेर सुलोचना र केशर आउंछन् | तिन जना संगै हिडेका हुन्छन गफ गर्दै |)
सबिता: आज कति रमाइलो है | चिसो मौसम छ |
सुलोचना: हो नि आज रमाइलो छ |
केशर: ठिक भन्यौ | म पनि यो कुरामा समर्थन गर्छु |
(घन्टी लागेको आवाज आउंछ | )
तिनै जना : जाऊ जाऊ ढिलो भयो छिटो छिटो
सुलोचना: हो हो
(सबै कक्षामा पुगेर बस्छन अनि त्येस पछि गुरु
आउंछन् र किताब लिएर ज्ञान सिकाउन थाल्छन् )
गुरु: सुभ प्रभात सबैलाई
सबै कक्षाको : सुभ प्रभात गुरु
गुरु: ल बस सबै जना
सबै कक्षाको: धन्यबाद गुरु
गुरु : आज हामी के पढ्ने ?
सुलोचना: लैंगिक हिंसा र एसले निम्त्याउने समस्या
गुरु: भाइ बहिनिहरु लैंगिक हिंसा भनेको के हो थाह
छ तपाइहरुलाई |
केसर: गुरु यो घर झगडा हैन जसले बालबालिकालाई पनि
नकारात्मक असर गर्दछ |
गुरु: हो तर एसको पर्याप्त परिचय यो हैन |
सुलोचना: अनि के हो त गुरु
गुरु : ल सुन सबैले लैंगिक हिंसा भनेको एउटा
एस्तो झगडा हो जहाँ पुरुस द्वारा महिला उत्पीडन हुन्छे | लोग्ने मानिस रक्सि खाएर
स्वास्नी कुट्नु, स्वास्नी माथि दमन गर्नु या मार्नु यो लैंगिक हिंसा हो | यसो
गर्नु कानुनी अपराध हो | एस्तो गर्नेलाई कारबाही हुन्छ | बुझ्योउ सबैले |
सबै: बुझे गुरु
(घन्टी लाग्छ )
(सबै कक्षा छोडेर घर तर्फ लाग्छन् र सबिता पनि
जाने तर्फ लाग्छे | उ एक्लै घर तर्फ लाग्छे | बाटोमा जादै गर्दा एक पुरुस संग भेट
हुन्छ |)
पुरुस: नानी सुनन यो बाटो बाट कता पुग्छ |
सबिता : या बाट टिकापुर पुग्छ |
पुरुस : नानी कति राम्रो | नानी आउ म पापा किनेर
दिन्छु |
साबिता : धन्यबाद अंकल | भयो होला म घर जान्छु |
पुरुस : नानी म पनि तिम्रो पापा जस्तै हो प्लिज नाइ
न भन पापा लिएर जाउ |
सबिता : ल ढिपी गर्नु हुन्छ भने हुन्छ नि त |
(त्येस पुरुषले मिठाई खुवाए पछि सबिता बेहोस
हुन्छे साएद त्येस मानिसले बेहोस हुने औसधि हालेको थियो होला त्यै भयर सबिता अचेत
भै )
सेन २
(त्येस पुरुषले सबितालाई जबर्जस्ति गर्छ त्येही
क्रममा अत्यधिक रगत बगेर त्येस बालिकाको मृत्यु हुन्छ | उसले त्यै नजिक भएको
घारीमा लास फल्छ | त्येसपछी उ भारत तर्फ भाग्छ | )
सेन ३
(साझको ७ बजेको हुन्छ सविताको पिता सबितालाई
खोज्न थाल्छन बेलुका ९ बजे सम्म पनि नभेटे पछि नजिकको प्रहरी चौकीमा रिपोर्ट लेख्न
जान्छन | प्रहरीले रिपोर्ट लेखेर सविताको
खोजीमा लाग्छ | भोलिपल्ट बिहान निबस्त्र कपडामा सविताको लास एक घारीमा भेटिन्छ | उसको हत्या निर्मम रुपमा गरेको हुनछ | यो सुचना
बाउ भएको ठाउमा पुर्याउन जान्छ तर सविताको पिता यो सुचना सुन्न साथ मुर्छा पर्छन |
एकछिन रुवाबासी नै चल्छ घरमा |)
प्रहरी: के तपाइको कुनै दुस्मनी थियो |
सविताको पिता : थिएन र छैन पनि | बरु सोध्नु
भन्दा पनि यो अपराधी खोज्न तर्फ लग्नु |
प्रहरी : ठिक छ हामी खोजि हाल्छौ नि |
(सुलोचना र केसर त्यै बाटो आउदै गरेको हुन्छ अनि
सविताको पितालाई प्रश्न
सोध्न थाल्छन )
सुलोचना: अंकल सबिता खै
केसर:हो अंकल बिद्यालय जान ढिलो भयो
सविताको पिता : अब सबिता कहिल्ये आउदिन |
सुलोचना : के भयो र
सविताको पिता
: सबिता यो दुनियामा छैन
(एकछिन सुलोचना र केसर त्यै रुन थाल्छन् अनि
स्रदान्जली दिएर बिदाई हुन्छन | दिउसो बिद्यलामा )
गुरु : आज सबिता आइन
सुलोचना: उ एस दुनियामा छैन गुरु
गुरु : के भयो र अनि कसरि
सुलोचना : थाह छैन गुरु
सेन ४
(सविताको पिता प्रत्येक पालिका अड्डा अदालत
जान्छन तर आस्वासन मात्र पाएका छन् | उनको बच्चाले न्याय पाएको छैन र त्यो अझै पनि
सरकारको टेबलमा थन्किएर बसेको छ |)
(आज सबिता मरेको एक वर्ष बित्यो उसको सम्झनामा
दिप प्रजोलन थियो | सबै मानिस त्यस प्रज्वोलनमा सामेल थिए | सबैको एउतै माग थियो |)
सबै : सबितालाई न्याय दे सरकार | येसरी अन्याय
नगर सरकार | सबितालाइ न्याय दे |
......................................................समाप्त.................................................
अन्त्यमा
रिता: यो हामी सबैको कर्तब्य हो सानै देखि
बालबालिकामा सचेत गराउनु | जुन घटना सविताको साथ भएको छ त्यो तपाई हाम्रो
बालबालिकामा पनि हुन् सक्छ | एक्लै अनि बाटोमा हिडेको बेला कसैले दिएको खान हुन्न
भनेर सिकाउनु हाम्रो कर्तब्य हो | हामी माथि हुने अपराध बिरुद्ध आवाज उठाउन सिकायो
भने अबश्य एक रुपान्तरण हुन्छ | बालबालिकालाई आफ्नो रक्षा गर्न बेलैमा सिकायो भने
एस्तो घटनाबाट अबस्य बच्न सकिन्छ | सविताले न्याय पाउदिन र उसको यो केस सदाको लागि
बन्द हुन्छ तर जो आए पनि न्याय दिन्छु भनेर आस्वासन दिन चाही छोडेका थिएन |
नमस्कार अनि हेदिनु भएकोमा धन्यवाद |
0 Comments