न्यायको लडाई

 

(नोट:एसमा बोलेर भन्दा पनि नाटककिय रुपमा देखाउनु पर्छ किनकि यो बोल्न भन्दा पनि नाटकीय रुपमा देखाउन जोड दिएको छ |)


                न्यायको लडाई




(सगर १२  वर्षको बच्चा अनाथ थियो | उसको घरमा कोहि थिएन | आमा र बुवाको  तस्बिर निकाल्दै सगर ...................)

सगर: (आखाबाट आसु निकाल्दै अनि  डाको छाडेर रुदै )आमा............आमा............तिमीलाई मेरो याद पनि आउदैन.........कति निस्तुरी हे आमा म कसरी बाचेको छु तिमि बिना सोचेका छौ..................हे आमा..........आ......मा.....................................

                          भोलिपल्ट बिहान

(उही बोरा अनि पोका बोक्दै समान खोज्न तिर लाग्छ | त्यो सानो केटो कन्टेनरमा झोला खोजिरहेको थियो | लुगा झुत्रो थियो अनि गोडा नाङ्गो थियो | उ माथि हिंसा नहुँने हैन झन् हुन्थ्यो |आज राकेस ग्यांग द्वारा पुन हिंसा हुन्छ | उनीहरुको उमेर १५/१६ बर्सको हुन्छ |)

राकेस: (सागरलाई हिडीरहेको बेला बिपरित दिसाबाट आएर खुट्टा अड्काएर रकेसले लडाउन्छ | पुरा हात खुट्टा घिसृदै लड्छ सगर | हातबाट रगत पुस्दै अनि सुक्क सुक्क गर्दै आसु पुछिरहेको हुन्छ | )हात देखाउदै हा..हा..हा...बिचरा हेर चु चु चु चु | ओइ कस्तो नाटक गरेको | आकास कस्तो हसायो |

आकाश: दाइ हो यार एसले कस्तो नाटक गरेको जाबो केहि भाको छैन कस्तो रुन लागेको | आइमाई जस्तो |

राकेस : हो यार कस्तो नाटक गरेको हा...हा ....हा ....

आकाश: ठोक त्येस्लाई

(सागरलाई राकेस र आकास मिलेर कुट्न सम्म कुट्छन् अनि त्या बाट जान्छन्............सागरको एक जना साथी हुन्छ त्येसको नाम महेस हुन्छ | आकाशलाइ सम्झाउन महेस आइपुग्छ | सागरको नाकबाट पुरा रगत आएको हुन्छ |)

महेस : सागर के भयो ? कसले गरेको यो सब तिमीलाई |

सागर : (आखाको आसु पुस्दै ) आकासको ग्याग ले

महेस : हेर सागर येसरी अन्याय सहनु राम्रो हैन त्येसको बिरुद्ध लड्न पर्छ |

सागर: मा कसरि लड्ने देखेको छौ तिनीहरु म भन्दा कति ठुला छन् |

महेस : भएर के भयो त तिमि छौ म छु एकतामा बल हुन्छ अब लडाईको तयारी गरौ |

सागर : तर कसरि ?

महेस : त्यो त मलाई पनि थाह छैन |

(त्यही रात राकेस अनि आकास मिलेर सागर माथि अनधिकृत सारीरिक सम्बन्ध राख्छन् | जसले गर्दा भोलिपल्ट बिहान सागरको पेट पुरै दुख्न थाल्छ | )

सागर : (पेट समातेर रुदै )(सरिर लुग लुग कामी रहेको हुन्छ )

महेस : के भयो सागर ?

सागर : मेरो कस्तो पेट दुखि रहेको छ |हिजो बेलुका मलाई जबर्जस्ति राकेस र आकासले एक सुनसान ठाउ लिएर गएका थिए अनि म माथि अनधिकृत सरिरिक सम्बन्ध राखे |

महेस : तिनीहरुको यो हर्कत जाऊ हिड पोलिस थाना |

सागर : त्या गएर के भन्ने झन् मजाक हुन्छ

महेस : अनि येही अत्याचार सहने ?

सागर : हामी कम्जोरले के गर्न सक्छौ र ?

महेस : बस त्यसो भय त्यसको अन्याय सहेर |

(येही क्रममा महेस अनि सागर कन्टेनरमा फोहोर खोज्दै गर्दा एक जना बालक उमेर ११ वर्षको भाग्दै आउदा तिनीहरु संग ठोकिन्छ | यो ठोकाई बाट सागर नारामारी पछारिन्छ | त्येस बालकको नाम रबिन हुन्छ |)

रबिन : (कामि रहेको सरिर अनि स्वा स्वा गर्दै  ) प्लिज मलाई बचाउनुस | पछाडीबाट मलाई हत्या गर्न भनेर केहि गुण्डा आएका छन् |

सागर : भाइ को आयो ?

रबिन: पछि भन्छु आहिले मलाई कतै लुकाई दिनुस |
(सगर संग खाली बोरा थियो उसले रबिनलाइ त्यै बोरामा हाल्न खोज्छ |)

सागर : भाइ तिमि यो बोरा भित्र जान्छौ |

रबिन : धन्यबाद दाइ | मलाई एती सहायोग गरेकोमा म तपाइको यो गुन कहिल्ये बिर्सिने छैन |

सागर : छिटो बोरा भित्र जाउ

(रबिन हतार हतार गरेर बोरा भित्र पस्छ | सागरले त्यो बोरा बान्छ र केहि समय अलि टाडा राख्छ |  त्यै छेउको फोहरको हूलमा | रबिनलाइ त्याको दुर्गन्धित वाताबरणले एकदम असहनीय पारी रहेको थियो | त्यै पनि आफ्नो ज्यान बचाउन उ त्येस अवस्था सहेर बस्छ | वास्तवमा रबिन धनि परिवारको एक्लो सन्तान थियो | केहि समय पछी अपहणकारी त्या आएर प्रश्न गर्छन  तर सागरले चलाखीपूर्ण तिनीहरुलाई छकाएर अर्कै बाटो तर्फ लान्छन | त्यसरि रविनको जिबन बच्छ | रबिन सागरलाइ धन्यबाद स्वरुप केहि सहयोग गर्ने विचार गर्छ |)

सागर : (रबिनलाइ बोराबाट बाहिर निकाल्दै )सन्चै त छौ नि तिमि

रबिन :  अह अनि तिमीहरु यस्तै फोहोरमा बस्छौ |

सागर : भन्न के खोजेको तिमि बस्दैनौ र |

रबिन : म त महलमा बस्छु |

सागर : अनि  यसरी किन भागेको |

रबिन : ( कुरा घुमाउदै ) मलाइ पहिले तिम्रो घर लिएर जाउ न | भोक लागेको छ केहि खान देउ | त्यस पछि कुरा गरमला हुन्छ |

(रबिन सागर र महेसको जिबन कथा र तिनीहरुको रहने ठाउँ हेर्न चाहन्थ्यो | यसैले उ सगरको पछि लगेर जान्छ | उसको होस् उड्छ जब उसले सागर अनि महेसको घर देख्छ | जुन मन्दिर हुन्छ |)

रबिन : एस्तो ठाउमा बस्छौ | केहि हुन्न |

सागर : केहि हुदैन

रबिन: एउटा कुरा भनु

सागर : के भन त ?

रबिन : के हामि साथी बन्न सक्छौ ?

सागर : हुन्छ

रबिन : (मुसुक्क हास्दै सागरलाई अंगालो हान्छ )

सागर : (खुसीको आसु झर्न थाल्छन )

रबिन : के भयो अनि किन रोएको ?

सागर: येतिकै मलाई पहिलो पटक अंगालो हान्ने मान्छे तिमिनै हौ |

रबिन : मुसुक्क हास्दै

सागर : बस्दै गर तिम्रो लागि म खाजा खोजेर ल्यैदिन्छु |

रबिन : भयो मसंग पैसा छ जाउ चाउचाउ लिएर आउ बरु त्यै खाऊ |

सागर : हैन हैन मसंग नै पैसा छ पाउनालाइ खर्च गराउनु हाम्रो धर्मले मान्दैन |

रबिन : लाटो के भनेको मेरो पैसा तिम्रो पैसा हैन र साथी साथीमा चली हाल्छ नि | लियर आउँने कि म बोल्दिन नि फेरी |

सागर : लौ  लौ तिमीले जित्यौ अब तिम्रै पैसाले लिएर आउला |

(त्यसपछि सागर चाउचाउ लिन जान्छ तर बाटोमा फेरी राकेस अनि आकास द्वारा हमला हुन्छ एती मात्र हैन उसलाई नांगे झार बनाएर उसको कपडानै लिएर जान्छन् सिबाय यौता कट्टु छोडेर | उ चाउचाउ लिएर आउछ तर सागरको हालत देखेर रबिन छक्क पर्छ | )

रबिन : किन रोएको सागर के  भयो अनि यो कस्तो हुलिया बनाएको | तिमीलाई कसैले हेप्दै छ हो |
सागर : हैन हैन गर्मि भएर हो

रबिन : मलाइ नढाट थाह भै रहेको छ तिमीलाई कसैले केहि गरेको छ | भन यो हालत कसले गरेको |

(रबिन सागरको सब कुरा सुन्छ अनि भन्छ )

रबिन : बस एती कस्तो डरपोक तिमि जाऊ लड |

सागर : कसरी लड्ने?  तिनीहरु म भन्दा बलवान छन् |

रबिन : लौ के भयो त? सक्छौ तीमी सजिलै |

सागर : कसरि ?

रबिन : म तिमीलाई लड्न सिकाउन थाल्छु | त्यो सिखले तिम्रो जिबन सुन्दर बनाउँछ | तिमीलाई थाह छ म किन भागेको थिए |

सागर : किन अनि कसरि ?

रबिन : मेरो घर यो ठाउँबाट जम्मा २५ मिनटको दुरीमा छ | मेरो बाउको येही  पर गल्लीमा अनाथ आश्रम छ | म तिमीहरुलाई त्या बस्ने बेबस्था गरिदिन्छु | त्येसपछी तिमीहरुलाई बस्ने घर हुन्छ अनि जनालाई बिद्यालय पनि हुन्छ |

सागर : हो र तिमि सचि कुरा गर्दै छौ ?

रबिन : अहह तर मैले पनि मेरा बाउ र आमा संग कुरा गर्न पर्छ ताकी तिमि माथि यो समस्या आयो भने लड्न सक्छौ |

सागर : हुन्छ सुरु  गरौ | तिमि कसरि भाग्यौ |

रबिन : उनीहरुले म बाहिर खेल्न निस्केको बेला उनीहरुले मलाई उठाएर लगे अनि बानेर राखेको थिए | यो  एक हप्ता अगाडिको कुरा हो | कारण बस मलाई उनीहरुले मलाई बेच्न भनेर लागेको थिए तर मुत्न जाने भनेर म त्याबाट भागे भाग्दा भाग्दै तिमीहरु संग ठोक्किए | मेरो सहस आत्मबलले मैले जिते | अहिले पनि मलाई खोजि रहेका होलान | म तिमीहरु संग छु जसरि हुन्छ तिनीहरुबाट मलाई लुकाऊ म घर नपुगुन्जेल |

सागर : ल चिन्ता नलेउ हामी छौ तिमि सुरछित छौ |

(एसपछि रबिनले सागरलाई अनि महेसलाइ सिकाउन तर्फ लाग्छ | उसले केहि  लड्ने तरिका सिकाएको छ | जे भए पनि एक हप्तामा धेरै कुरा सिकेको हुन्छ | अब सागर अनि महेस लडाई गर्न झन् तयारी थिए | उसले सागरलाई आकाश अनि राकेस भएको ठाउमा पठाऊछ | उ डराउदै त्या जान्छ | )

आकाश : वा वा सिकार ओइ आयो कता गएको थियो एक हप्ता सम्म ?

सागर : किन चाहियो ?

आकाश : के भनिस ?

(अनि आकाश र उसको साथी कुट्न भनेर  आउंछ तर सक्दैन रबिनले गुलेली प्रयोग गरेर ढुंगाले हान्छ | जसले गर्दा आकाश को खप्पर फुट्छ | त्येसपछि तिन जना मिलेर दुइ जनालाई धोबी कुट्छन | आकाश हार्छ अनि अब कहिले दुख नदिने र परेको बेला सहयोग गर्ने सर्तमा उसलाई छादिन्छ | रबिन खुसि थियो उ आफ्नो घर पुग्छ अनि आफ्नो परिवारलाइ सब घटना बताउँछ | उसले बचन गरे झैँ सागर अनि महेसलाइ अनाथ आश्रम  पुर्यौन्छ | उनीहरुको विद्यालयमा भर्ना हुन्छ |अनि तिन जना संगै बिद्यालय जान्छन् |)

सागर: धन्यवाद म तिम्रो यो गुन कहिल्ये पनि बिर्सिने छैन |

रबिन : साथी  जीत उसको हुन्छ जो एस स्वार्थी दुनिया संग लड्न सक्छ | म खुसि छु समयमानै तिमि त्यो कुरामा अब्बल भयौ | अब कहिले पनि  अरुले गरेको दमन नसहनु त्येस्लाई डटेर लड्नु | त्येही असली मर्द हुन्छ |

(येसरी अन्त्यमा तिन जनाले आफ्नो ब्याग माथि फाल्दै उफ्रे पश्चात यो काहनिको अन्त्य हुन्छ |)

Post a Comment

0 Comments