थुक्क मास्टर
कस्तो मास्टर निस्केछौ तिमि कसैले मन नपराउने
कस्तो घटिया निस्केछौ तिमि कसैले देख्न नसक्ने
कस्तो घटिया निस्केछौ तिमि कसैले देख्न नसक्ने
तिम्रो के अस्तित्व छ भने हेर्न झ्याल बाट बाहिर हेर
बिचरा तिम्रो त्यो गाना गाउने विद्यार्थी भबिस्य भो अन्धकार
तिमि विद्यालयमा कति महान् बन्छौ साधु पनि खुट्टा ढोगेर जान्छ
बिचरा ति भक्तहरुलाई के था तिम्रो कत्रुतले तिनको सरिरमा कस्तो आगो
जाग्छ भनेर
घरको बाघ बाहिरको बिरालो कति साढे बन्छौ
तिम्रो मनमा पाप पलायो अनि अत्याचार गर्ने आट उठायौ
सिमा पनि कति नाग्यौ आफ्नो स्वार्थको लागि भाइ बुहारी जुधाउने
तिम्रो कत्रुत देखेर सम्पूर्ण घर र गाउनै गन्हाउने
आफ्नो भाइ बुहारी संगै आए कुट्नै जान्छौ रे
उनीहरुको अगाडी मुख छाडेर आत्मसम्मान गुमाउन्छौ रे
कठै बरा तिम्रो सोच आजकल झुट बोल्दै हिड्छौ रे
कसैले तिम्रो नम्बर माग्यो भने नक्कली नम्बर बाड्दै हिड्छौ रे
सुन्नमा आको छ घुस काण्डमा तिम्रो मुखमा कालो मोसो लागको रे
तिमि फेरी नआउ भनि गाउबाट झन्डै नभगाको रे
आजकल तिमि सारै बर्बराउदै हिड्छौ रे
गाउमा कोहि भेट्यो भने मुख छाड्दै हिड्छौ रे
मास्टर भनेर के गर्नु तिमि अनेक गर्न थाल्छौ रे
तिम्रो श्रीमतीको पेटमा छोरा भएन भनेर गर्वपात गर्न लान्छौ रे
तिमि दुनियामा असान्ती मच्चाउने अनि तिम्रो आगाडी सन्तिले सिमा छोड्छ
रे
तिमीले गरेको हरेक कुकर्मको भण्डाफोर हुदै गयो रे
दुनियाको मान्छेलाइ तिमि बहुबिबाह बिरुद्ध आवाज उठाउछौ रे
तर तिमि आफ्नो घर भित्र भाइलाई सौता ल्याउन्छौ रे
तिम्रो भाइले बुहारी ल्याउदा ठुलो अप्पति भयो रे
त्यै दाइजोको समान बेचेर आफ्नो बिहेको जुगाड गर्यो रे
तिमि जता जता जान्छौ त्यहाँ भाड भैलो हुन्छ रे
तिमीलाई भेट्ने मान्छेको आसाको किरण उद्छ रे
बाहिर तिमि छुवाछुट गर्न हुन्न भनेर सिकाउदै हिद्छौ रे
घरभित्र तिमि त्यै परम्परा बोक्दै हिडेका छौ रे
तिमीलाई अधिकार कसले दियो दुनियालाई फूटबल बनाउने
छि तिम्रो विचार तिमि जुन ठाउँ जान्छौ त्यै ठाउँ गन्हाउने
जहाँ गयो तिमि त्यै मुख
छोप्दै कुद्छौ रे
यो के सुन्दै छु तिमि आफ्नै बुहारी कुट्छौ रे
जब दशैं आउछ तिमि बलिको बोका तयार पार्छौ रे
आफ्नो भाइले प्रगति गर्लाकि भन्ने डाहले भाइलाई घरको हली बनाउन्छौ रे
पढेको पनि के भन्नु तिमि कति सारो सडेको
भित्र कालो बाहिर सेतो तिम्रो मन के सारो डडेको
यो मास्टरको कहानी येही सकियो रे
यो मास्टरको कत्रुत अझै बाकी छ रे
यो मास्टरको कत्रुत सुनाउदा सुनाउदा थाकी सके
थुक्क मास्टर तिम्रो हर्कत बयान गर्न नसकिने
0 Comments