हास्य व्यग्य टेलि सेरियल काले
४५६-९९८-०९८९-करण-१२०७२०२३७८७८
लेखक:दिपेश पौडेल(दिश पौल)
काले भाग १
मुख्य पात्रहरु
१.आकाश पुन-मगर केटा
२.मुकेश शाह-मधेसी केटा
३.काले( सगर नेपाली )-
दलित केटा
४.सुधन पाण्डे- बाहुन केटा
५.राजन खत्री-छेत्री केटा
६.रिमा अधिकारी-बाहुन केटि
७.आशा लामा-तामाङ केटि
कहानीको सुरुवात
(बसुरिको धुन संगै घाम उधाउन्छ )
(सिन १ कालेको घर ) करिब बिहान ७ बजेको कुरा
((कालेले आफ्नो पुरा काम सकेर बसेको थियो | सनिबारको दिन थियो | प्राय बिदा हुने दिन | तर आज काले एकदम गम्भिर रुपमा थियो | उ निरास अवस्थामा घरको चौरमा बसेको थियो | उ दुखि अवस्थामा पनि थियो | बिचरा उसको आमा उसको साथ भएको भए कस्तो हुन्थ्यो होला |आज उ आफ्नो आमा सम्झेर एकदम भकानिदै थियो | बाउ जड्या के गर्ने सौतेली आमा ल्याएको थियो त्यो पनि कुटेर मारेछ | अहिले हत्याको आरोपमा जेल छ | बिचरा काले बच्चामै अनाथ भयो | ))
{{घोप्टो मुन्टो लगाएर काले आमाको यादले सूक्क सूक्क रुदै छ }}
काले: (रुदै सुक्क सुक्क) आमा ! आज तपाई भएको भए साएद आज कसैले हेप्दैन थियो होला | कति पिडा छ मनमा म क गएर पोखु | छातीमा भक्कानो हुन्छ | हे आमा................
तिमि यतै छौ भने केहि बोलिदेउ | (छाती पिट्दै अनि भुइमा खुट्टा बजार्दै ) आमा..............!
आमा.................! का छौ केहि त बोलिदेउ | हे आमा !
(सुधन हिड्दै गर्दा कालेको घरको आलीको बाटो पर्छ | सुधन त्यो बाटोमा उफ्रिदै हिडिरहेको हुन्छ | येतिकैमा कालेले सुधनलाइ देख्छ | केहि समय अगाडी रुदै गरेको काले आफ्नो गहभरिको आसु पुसेर सुधनलाई बोलाउन तर्फ लाग्छ )
सुधन:( आफ्नो टाउकोमा आफैले धारे हात लगाउदै | करेसको अलिमा हिडेजस्तो गर्दै )थुक्क जिन्दगि आज कता हिडियो | हरे शिव ! आज न्याउरी मुसाले बाटो काट्ने भयो | शिव! शिव ! शिव! शिब !
(यो गर्दा गर्दै कालेले सुधनलाई बोलाउँछ तर कालेले आफ्नो आसु पुछ्दै नक्कली हासो निकालेर बोलाउँछ )
काले:काले कता हिडेको?आउन म भएको ठाउमा |
[ टिपोट:सुधन बाहुन केटा हुन्छ र काले दलित | सुधन पुरातनबादी सोचको हुन्छ | तर सुँगुर,बंगुर भैसी सब खान्छ | कालेको कपडा फाडीएको हुन्छ | पुरानो हुन्छ | चारैतिर टालेको हुन्छ | सुधनको भने नया चित्तिक परेको हुन्छ | ]
सुधन: (यता उति हेरे जस्तो र थाह नपाए जस्तो गर्दै)
काले: (फेरी चिलौदाई-ठुलो आवाजमा कराउनु)सुधन | कता? हिडेको?
सुधन: ( जानेर पनि नजाने जस्तो गरेर अगाडी बढ्दै )
काले : (उ आफै सुधन भए तिर जान्छ )
काले : ( सुधनलाई बोलाउदै) साथी कता हिडेको कति पटक बोलाए तिमीले सुनेनौ | म त बोलाउन येही आए |
सुधन: (मनमनै) न्याउरी मुसाले मलाई टोक्यो | थुक्क जिन्दगी |
(एकछिन अन्कन्या जस्तो गर्दै अनि निच्च हास्दै)
सुधन: हि हि हि होर तिमीले मलाई बोलाको | खै ! मैले सुन्दै सुनिन | तिम्रो आवाज आएन होला |
काले: (येसो यता उति टाउको गर्दै ) ए | ठिक छ | मैले त..........
सुधन: (अत्तालिए जस्तो गर्दै ) मैले त ? के मैले त ? भन्न खोजेको के ?
काले : हैन केहि हैन | ठिक छ | ठिक छ |
सुधन: (थर्काउदै) हेर काले तिमि धेरै जान्ने नबन | मलाई पनि थाह छ तिमि कुन रंगको मान्छे हो भनेर | मलाई सुनाइ राख्न पर्दैन
| तिम्रो आनी बनि सब मलाई थाह छ | काले भन्देको छु मैले मेरो पिछा लग्न छोडिदेउ |
काले: ( झोकिदै) के भनेको एस्तो ? साथी भए पछी मैले तिमीलाई बोलाउन नपाउने हो | भन त सुधन छिमेकि को हो म हामी तिमि हैन | अनि एस्तो गरेर कति दिन बस्छौ ? मैले तिमीलाई साथी सम्झेर बोलाए तिमीले मलाई दुस्मन सम्झियौ | हेर एस्तो नगर |
सुधन: भयो भयो मलाई नसिकाउ |(हातले धापधपाउदै)कति नजान्ने बन्छौ | मेरो अगाडी मुख नदेखाऊ | खुरुक्क निस्केर जाऊ |
काले: (रिसले चुर हुदै ) परेको छैन एस्तो साथी | तिमि साथी कस्तो साथी? छ्या, साथीको नाममा कलङ्क |
(येतिकैमा दुइ जना बीच भना भन हुन्छ र कुटाकुट पनि हुन्छ )
सुधन:( झर्किदै) नबोल मसंग | जाऊ आफ्नो बाटो |
काले: (टाउको हल्लाउदै) गए गए | पर्या छैन |
(येसपछि काले आफ्नो घर फर्कन्छ | सुधन पनि रिसले चुर हुदै रन्थनिएर लामो लामो सास गर्दै आफ्नो बाटो लाग्छ | )
(काले आहिले आफ्नो कोठामा छ | त्यो कोठा अत्यन्त सुन्दर थियो | त्या उसको धरै समान देख्न सकिन्छ | कोठा पुरानो थियो | तर उसले आफुले बनाको अत्यन्त सुन्दर कुराले सजाको थियो | जस्तै उसले त्या कोठामा पानाको अत्येनत सुन्दर कलाहरु देख्न सकिन्छ | उसले केहि बुट्टा बनाएर भित्त्तामा तासेको रहेछ त्यो बुट्टा अत्येन्ट सुन्दर थियो | एती मात्र हैन कहिले गाडी बनाउने,कहिले हवाइजहाज बनाउने त कहिले क्यमेरा बनाउने जस्ता कार्य उसले गरेको थियो | आहिले काले आफुले बनाको आकृति मसार्दै बसेको छ | )
काले : (खेलौना मसार्दै ) आ खा यो दुनिया कति सुन्दर छ | हेरेर नै तिपु तिपु लाग्ने | कहिले आशु त कहिले खुसि | जिन्दगि येस्तै रहेछ | पिडा छ तर यो पिडामा पनि रमाउन जान्न पर्दो रहेछ | अजिब छ जिन्दगि | त्यसै भनेको हैन रहेछ जिन्दगीको येही रीत हो हारको पछाडि जीत छ | खैर मेरो जिन्दगि कस्तो बेहाल म आफैलाई थाह छैन के गर्ने | सारा जगतले आफ्नो जिन्दगि राम्रो बनाउदा मा बेकार भए | म आफुलाई नै धर्तिको भार सम्झिन थाली सके | थुक्क जिन्दगि | के भन्नु आफ्नो पिडा आफै भित्र छ |
सिन २ गाउको नजिकको होटल
दिउसोको १२ बजेको बेला
(आज मौसम सुन्दर छ घाम लागेको छ अह किनकि आज राजन मुकेस र आकाश भेट्न लागेका छन् | हो नि त | राजनको जन्म दिन पनि छ | उसलाई आफ्नो जन्मदिन मनाउन अत्येन्त हुटहुती थियो | बिचरा धनि त छ तर के गर्नु बाउ कन्जुस छ | येस्तै रहेछ बाउ खराब भए पछि सन्तानले पिडा पाउने नै भए
| यो भन्दा बढी के भन्नु र | खैर उसको जन्म दिन उसकै साथीले मनाइदिने रे | उ खुसीले गद गद छ | )
राजन:( आफ्नो कोठामा तयारी गर्दै ) आखा भगवानले मलाई कति सारो चम्काको | आज केटाहरुले बोलाको छ | के गर्नु आफनै बाउ आमाले गनेनन |मेरो जन्मदिन मलाई कसैले सुभकामाना समेत दिएनन् | थुक्क म अनि मेरो परिवार कति सरो लोभी बनेको | (येसो घडी हेर्दै ) लौ हेर ढिलो पो भएछ | ठिकै छ | (सर्टको कलर मिलाउदै र ऐनामा हेर्दै ) आज मेरो जन्म दिन....केटाहरुले पार्टी दिएका....जस्तो भए पनि मेरो यो हर्सको दिन...
मेरो हर्सको दिन
............
(यता होटेलमा मुकेस अकास र राजनलाई पर्खेर बसेको हुन्छ | )
मुकेस: (झ्याउ माने जस्तो गर्दै ) ह्या कस्तो ल्यांग ल्यांग गरेको | कता गए आउदैनन त |
(मुकेश आकासलाई फोन गर्दै )
(आकाश फोन उठाउदै )
मुकेस: ओइ आकास त का छस ? कति ढिलो गरेको १२ बज्यो हिड्न येत्रो समय लाग्छ | केटा छिटो गर्न छिटो | हामीलाई केहि थाह छैन यता पार्टीको लागि पनि त मिलाउनु पर्यो | छिटो गर्न ए छिटो गर |
आकास:( हासेर बोल्दै ) हे हे हे हे म आइसके बाहिर आएर हेर त पर बाटोमा देखछौ |
(मुकेस फोन काटेर हत्त न पट्ट बाटोमा हेर्न जान्छ )
(मुकेस हात माथि गरेर आकासलाई बोलाउदै )
मुकेस: ए आइज आइज छिटो आइज | कति ढिलो गरेको |
आकास: ( मुकेससंग हात मिलाउदै ) साथी के छ |
मुकेस: ढिलो भयो छिटो गरौ | मैले केक ल्याएको छु | एस्लाई मिलाएर केनडिल लगाम |
आकास: हो हो साथी छिटो गरम |
(मुकेस र आकास आफ्नो साथीको जन्मदिनको तयारी गर्नमा लाग्छन | मुकेश जन्मदिनको लागि भित्त्ता मिलाउन तिर लाग्छन | केहि खाने कुरा अडर गर्छन | जे होस् केहि समय तयारी गर्दैमा जान्छ |)
मुकेस: लौ तयारी सकियो |
आकास :( घडी हेर्दै ) हो नि २ बजेछ | काले रिमा र आसालाई पनि बोलाउने कि |
मुकेस:काले किन त्येसलाई बोलाउने | साला त्यो भिखारी आयो भने हामीले ल्याएको केक सब एक्लै खाएर खत्तम गर्दिन्छ | त्यति मात्र हो | त्यो एक नम्बरको माग्ने हो | जा गयो त्यै माग्छ | रिमा र आसा औन्दैनन | उनीहरु फिलिम हेर्न गयेका छन् |
आकास: ( सोचेजस्तो गर्दै ) सुधन त आउला नि |
मुकेस: त्यो टुप्पी आउदैन त्येसको बाउले दिदैन | त्येसको बाउ हरामी छ |
आकास : लौ के गर्नु होस् छोड त्यो कुरा | भयो भयो
मुकेस:साढे २ भयो राजनलाई बोलाऊ |
आकाश: राजनलाई बोलाउ |
मुकेस: अह त्यसै गरम |
आकाश: हो हो (राजनलाई फोन गरेर बोलाउदै )
आकाश: (फोन गर्दै ) राजन कता आउन होटेलमा | छिटो गर ल |
राजन:(फोन उठाउदै) ल ल म हिडे |
(राजन चट्ट परेर बाटोमा हिड्छ | येतिकैमा राजनको भेट रिमा र आशसंग त्यै बाटोमा हुन्छ | )
रिमा: राजन | मेरो साथी | ओहो मैले त भुलेको नि |
राजन : के
रिमा: तिम्रो जन्म दिन ठिकै छ तिमीलाई जन्म दिनको सुभकामना |
राजन: धन्यवाद धन्यवाद
आशा: ल तलाई जन्म दिनको सुभकामना | अनि सुन न पार्टी दिदैनस |
राजन: दिन्छु दिन्छु हिड जाऊ
आसा: जाऊ जाऊ
रिमा : जाऊ जाऊ
(होटलको झ्यालबाट हेर्दै )
आकाश: ल आसा र रिमा पनि आका छन्
मुकेस: हो र ए आज रमाइलो हुने भो |
(केहि समय पश्चात )
राजन:केटा हो के छ खबर
आकास: ह ठिकै छ तेरो के छ ?
राजन: म आज तिमीहरुलाई पार्टी दिन्छु माग के माग्नु छ |
(मुकेस र आकाश त्वा पर्छन र मन मनै सोच्न थाल्छन् | )
मुकेस: ओ चमत्कार कता बाट आयो एसले पार्टी दिदै अजिब छ |
आकास : हो त अजिब छ | उ रमाइलो गर्न पर्छ |
राजन: (मुकेशलाई प्याट हान्दै ) के सोचेको ? सुरु गर | साउनी छिटो गर्नु न | केक लियर आउनु |
(साउनी केक लियर आउछिन् अनि दिन्छिन)
(अब जन्म दिन मनाउछन अनि एकले अर्कालाई केक खुवाउन्छन | यसरी जन्म दिन भव्य हुन्छ | र सकिन्छ | तर मनाउदा मनाउदै छ बजेछ | )
आकास: ल आज भव्य भयो
राजन : अब जाऊ म बिल तिर्छु | रात भै सक्यो |
(त्येसपछी सबै एक अर्कालाइ अंगालो हानेर एक अर्कालाई बिदाई गर्छन | अनि यो कहानी भोलिपल्ट मा गयर टुंगिन्छ.......)
भोलिपल्ट बियालय ड्रेसमा राजन..................
राजन: (हिजोलाई सम्जिदै )हिजो रमाइलो भएको थियो जे होस् मजा आएको थियो | त्यो दिन मेरो टाउकोमा झलझलति आयो |
बाकी अम्स अर्को भागमा......................................
0 Comments